
सुर्खेत । मुगुको खत्याड गाउँपालिकामा आगलागी हुँदा दाजुबहिनीको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर २ स्थित गाडेखोलामा लालु सञ्ज्यालको घरमा आइतबार राति आगलागी भएको हो ।
आगलागीमा सञ्ज्यालका १४ वर्षीय छोरा विशाल र १२ वर्षीया छोरी झरनाको मृत्यु भएको मुगुका प्रहरी प्रमुख डिएसपी वीरेन्द्र थापाले जानकारी दिनुभएको छ । डिएसपी थापाका अनुसार सोमबार बिहान ६ बजेतिर गाडेखोलामा आगलागी भएको र दुई बालबालिका फेला नपरेको भन्ने खबर आएपछि जिल्लाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । आगलागीमा छोराछोरीको मृत्यु भएको तर आमा भने भागेर बाँच्न सफल भएको डिएसपी थापाले जानकारी दिनुभएको छ ।
डिएसपी थापाका अनुसार गोठभित्र रहेका चौपाया पनि आगलागीमा परी मरेका छन् । खाना पकाउने भान्सा कोठाबाट आगलागी शुरु भएको हो । आगलागीबाट घरमा धनसम्पत्ति, पशु चौपाय र खाद्यान्न जलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा