
काठमाडौँ। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले संसदमा सशक्त भूमिका निर्वाह गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ । एमाले संसदीय दलको बैठकलाई आज सम्बोधन गर्दै उहाँले सांसदलाई संसद् र संसदीय समितिका बैठकमा सक्रियतापूर्वक भाग लिन र जनताका पक्षमा आवाज उठाउन निर्देशन दिनुभयो ।
अध्यक्ष ओलीले सांंसदलाई वैचारिक कुरामा पनि बढी स्पष्टताको आवश्यकता पर्ने र प्राविधिक कुरा सिक्नका लागि बैठक आवश्यक हुने बताउनुभयो ।
यसैबीच, एमाले सचेतक महेश बर्तौलाले दुई दिनसम्म चलेको बैठकले चारवटा निर्णय गरेको बताउनुभयो । बैठकले संसद्लाई प्रभावकारी बनाउन सशक्त भूमिका निर्वाह गर्ने निर्णय गर्नाका साथै कानुन निर्माणलाई गति दिन सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्दै सरकारलाई निरन्तर घच्घच्याउने निर्णय गरेको छ ।
यसैगरी, युवा पलायनका रोक्नका लागि सरकारले उपयुक्त नीति तथा कार्यक्रम ल्याउनका लागि दबाब दिने र एमालेले सबै सांसदलाई संसद्को बैठक र संसदीय बैठक चलेको बेला संसद्मा बसेर विषयवस्तुलाई उठाउने निर्णय गरेको छ । एमालेले विकास, समृद्धि, सुशासन, सामाजिक न्याय र राष्ट्रिय सराकोर र जनसरोकारका विषयलाई संसद्बाट सरकारलाई दबाब दिने निर्णय पनि गरेको छ ।
दुई दिनसम्म चलेको बैठकमा पार्टीका महासचिव शङ्कर पोखरेल, रमेश वडाल, राष्ट्रियसभा सदस्य विमला राई पौडेल, पूर्वअर्थमन्त्री डा युवराज खतिवडा, पूर्वमन्त्री अग्निप्रसाद खरेलले समसमायिक विषयमा सांसदलाई प्रशिक्षण दिनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा