
धादिङ । नेकपा एमालेको धादिङमा लफडा भएको छ । एमालेमा जिल्ला अधिवेशनलाई लिएर लफडा भएको हो ।
बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले धादिङ जिल्ला अधिवेशन स्थगित भएको जानकारी गराउनुभएको थियो । तर त्यस लगत्तै जिल्ला अध्यक्ष भूमि त्रिपाठीले अधिवेशन स्थगित नभएको बताउनुभएको छ। जिल्ला अध्यक्ष त्रिपाठीले आइतबार विज्ञप्ति जारी गरी अधिवेशन स्थगित नभएको जानकारी गराउनुभएको हो ।
‘माघ १९ गतेदेखि जारी नवौँ जिल्ला अधिवेशनको बन्द सत्रमा केही अनाधिकृत उच्छृंखल व्यक्तिले अधिवेशनको थप कार्यक्रम स्थगित भएको भनी सामाजिक सञ्जाल र मिडियामा फैलाएको भ्रममा नपर्न अनुरोध गर्दछु, बन्द सत्रको कार्यक्रम निरन्तर भइरहेको जानकारी गराउँछु’ अध्यक्ष ध्यक्ष त्रिपाठीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रदेश अध्यक्ष ढुंगेलले यसअघि विज्ञप्ति निकालेर जिल्ला अधिवेशन स्थगित गरिएको बताउनुभएको थियो । पार्टीको लेटरप्याड र छाप पनि नराखी ढुंगेलले ‘ताउकापी’मा निकालेको विज्ञप्तिमा भनिएको छ– ‘जिल्ला कमिटी अध्यक्षले जबर्जस्ती प्रस्ताव पेश गर्दैै एकलौटी निर्णय गर्न खोज्दा बैठक असहज मात्रै बनेन, माघ २० गते भिडन्त हुँदा पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ, अर्को सूचना नहुन्जेलसम्मका लागि अधिवेशन स्थगित गरिएको छ ।’
प्रेस चौतारी नेपालका नेता रामेश्वर कार्की अभिवेशन स्थगित नभएको बताउनुभएको छ । ‘कोही भ्रममा नपरौँ । षड्यन्त्रकारी धूर्त ब्वाँसाहरु रातारात भागे । घरबेटी आराम गरेर बसेको मौकामा बटुवाले गाई बेचेर बेचिन्न । अधिवेशन स्थगित भएको छैन’ कार्कीले फेसबुकमा लेख्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा