
दाङ । श्रीमती र छोराको हत्या आरोपमा प्रहरी जवान पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपाली श्रीमती र छोराको हत्या आरोपमा पक्राउ परेका हुन् । नेपालीलाई २२ वर्षीया श्रीमती टीका विक र साढे दुई वर्षीय छोरा सुशान्तको हत्या गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दाङका डिएसपी जनकबहादुर मल्लका अनुसार प्रहरी जवान नेपालीले घर झगडाको कारण सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको खुलेको छ ।
रोल्पा रुन्टीगढी गाउँपालिका–९ का प्रहरी जवान नेपाली शनिबार राति कार्यालयबाट बिदा मागेर घोराहीको शहीद गेटस्थित सुपरलज होटलको कोठा नम्बर १ मा बास बसेका थिए । उनले आइतबार बिहान ७ बजेतिर आपसी विवाद भएपछि श्रीमती र छोराको हत्या गरेका हुन् ।
श्रीमती र छोराको हत्यापछि जवान नेपाली प्रहरी कार्यालयमा उपस्थित भएर आत्मसमर्पण गरेको डिएसपी मल्लले जानकारी दिनुभएको छ । मल्लका अनुसार नेपाली लामो समय नेपालगञ्जस्थित प्रहरी तालिम केन्द्रमा थिए । दुई महिनाअघि मात्रै सरुवा भएर दाङ आएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै