
काठमाडौँ । संयुक्त राष्ट्र संघ अन्तरगत शान्ति मिसनमा खटिएका एक नेपाली सैनिक जवानको मृत्यु भएको छ ।
लेबनानमा तैनाथ श्री पुरानो गोरख गणको ६४ औं डफ्फामा कार्यरत सैनिक जवान सुवास थापाको मृत्यु भएको हो । सैनिक जवान थापाको माघ १८ गते मा मृत्यु भएको नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
दोलखा स्थायीका थापा गणको हेक्वार्टरको बंकरमा स्ट्याण्डबाई ड्यूटीमा रहँदा आफैंले बोकेको हतियारबाट गोली लागेको सेनाले जनाएको छ । ‘घाइते अवस्थामा फेला पारेर युनिफिल लेभल १ अस्पतालमा उपचारका लागि लगिएकोमा उहाँको निधन भएको हो’ सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा