
काठमाडौँ । भारत भ्रमणमा रहेको संसदीय प्रतिनिधिमण्डल र भारतीय विदेशमन्त्री भेटवार्ता भएको छ । भारत भ्रमणमा रहेको नेपाली सांसदहरुको प्रतिनिधिमण्डलले शुक्रबार राजधानी नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता गरेको हो ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले विदेशमन्त्री जयशङ्करसँग भेटवार्ता गरेको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ । भेटवार्तामा दुई देशको सम्बन्ध, पारस्परिक सहयोग र हितका विविध विषयमा महत्वपूर्ण कुराकानी भएको विदेशमन्त्री एस जयशङ्करले सामाजिक सञ्जालमार्फत् जानकारी दिनुभएको छ ।
भारतको लोकसभाको निमन्त्रणामा सभापति यादव नेतृत्वको सो संसदीय प्रतिनिधिमण्डल माघ १६ गते भारतको राजधानी नयाँ दिल्ली पुगेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा