
रुपन्देही । भारतको जम्मू कश्मीरको पहलगाममा मंगलबार बन्दुकधारीहरूको आक्रमणमा मृत्यु भएका नेपाली बुटवलका सुदीप न्यौपाने भएको पुष्टि भएको छ ।
बुटवल उपमहानगरपालिका–१४ का वडा अध्यक्ष दधिराम न्यौपानेले घटनामा आफ्नो भतिज सुदीप न्यौपानेको मृत्यु भएको पुष्टि गर्नुभएको हो । सुदीप र वडा अध्यक्ष न्यौपाने नातामा काका–भतिजा हुनुहुन्छ । सुदीप आमासँगै बुटवल उपमहानगरपालिका–११ कालिकानगरमा बस्दै आएका थिए।
"कश्मीरको घटनामा मृत्यु हुने मेरो भतिज हो, वडा अध्यक्ष दधिराम न्यौपानेले भन्नुभयो, आमा रिमा, बहिनी सुष्मा र भिनाजु उज्ज्वल काफ्लेसहितको टोली शनिबार कश्मीर घुम्न गएका थिए।"
सुदीप धरानमा पब्लिक हेल्थमा स्नातक पढ्दै गरेका विद्यार्थी हुन्। वडा अध्यक्ष न्यौपानेका अनुसार सुदीपबाहेक तीनै जना सकुशल छन्। बाबु कौशल न्यौपाने घरमै हुनुहुन्छ । बुबा पेशाले शिक्षक हुनुहुन्छ ।
मृतक सुदीपको शवलाई बुधबार नेपाल ल्याउने तयारी गरिएको छ। शवलाई कश्मीरबाट दिल्ली र दिल्लीबाट काठमाडौँ ल्याउने तयारी भएकाले आफू अहिले काठमाडौँतर्फ हिँडेको वडा अध्यक्ष न्यौपानेले बताएउनुभयो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले पनि कश्मीरको पहलगाममा बन्दुकधारीको आक्रमणमा परेर मृत्यु हुने व्यक्ति बुटवल–१४ का २७ वर्षीय सुदीप न्यौपाने भएको जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा
- सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा ९ रिट निवेदन दायर