
काठमाडौँ । सरकारले सिंहदरवार आसपासको क्षेत्रमा पैदल हिड्न समेत रोक लगाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनलाई लक्षित गरी सिंहदरबार वरपर सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले बताएको छ ।
देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार क्षेत्र आउने सबैक्षेत्रका सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ भने पैदल यात्रुलाई पनि कडाइ गरिएको छ । सिंहदरबार दक्षिण गेट, हनुमानथान, अनामनगर, वैद्यखाना, न्यूप्लाजा, सिंहदरबार पश्चिम गेट र स्वास्थ्य मन्त्रालयतर्फका सबै सडक सुनसान छन् ।
प्रहरीले दर्जनौँ स्थानमा ब्यारिकेड खडा गरेर बाटो बन्द गरेपछि एम्बुलेन्स र प्रेस लगायत अत्यावश्यक सवारी साधनको आवागमनमा समेत अवरोध भएको छ । प्रहरीको अवरोधका कारण ती सडकहरु सुनसान छन् । सयौँको संख्यामा सुरक्षाकर्मीहरु तैनाथ छन् । सिंहदरबारको पर्खाल वरिपरि दंगा नियन्त्रण बललाई खटाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा