+

नवलपुर यातायातद्वारा २३ करोड राजस्व

नवलपपुर । यातायात व्यवस्था कार्यालय नवलपुरले चालु आर्थिक वर्षको ९ महिनामा २३ करोड ५४ लाख ३० हजार ९ सय ८० रुपैयाँ राजस्व सङ्कलन गरेको छ । 

चालु आवको साउनदेखि चैत मसान्तसम्म सवारीसाधन कर, चालक अनुमतिपत्र, सवारी दर्ता लगायत विभिन्न शीर्षकमा उल्लेखित राजस्व सङ्कलन भएको कार्यालय प्रमुख सुरेश जैसवालले बताउनुभयो ।

‘यो अवधिमा सवारीसाधन कर सङ्कलनबापत १९ करोड १२ लाख ३६ हजार ८२०, सवारी चालक अनुमतिपत्र एवं सवारी दर्ता किताबबापत चार करोड ९ लाख ५४ हजार ६५५, यातायात क्षेत्रको आम्दानी राजस्व शीर्षकमा  २३ लाख ५८ हजार ४६० र अन्य प्रशासनिक सेवा शुल्कबापत आठ लाख ७५ हजार ६०० राजस्व सङ्कलन भएको छ’ उहाँले भन्नुभयो ।

यातायात व्यवस्था कार्यालयले कर सङ्कलनलाई व्यवस्थित र प्रभावकारी बनाउन चैतमा विशेष अभियान नै सञ्चालन गरेको कार्यालय प्रमुख जैसवालले बताउनुभयो । यो अभियानअन्तर्गत बिलबुक नवीकरण, जाँचपास, रुट परमिट तथा सवारी चालक अनुमतिपत्रको जाँचलाई विशेष प्राथमिकता दिइएको थियो । अभियानको सकारात्मक प्रभावका रूपमा चैतमा मात्र ४ करोड ८० लाख २५ हजार ६ सय २५ रुपैयाँ राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो ।
 
‘प्रदेश सरकारले राजस्व वृद्धि गर्ने लक्ष्यसहित कर सङ्कलन प्रक्रियालाई चुस्तदुरुस्त बनाउन विशेष योजना अघि बढाएको थियो, सोहीअनुसार राजस्व सङ्कलन पनि वृद्धि भयो’ उहाँले भन्नुभयो– ‘यातायात सेवालाई नियमित र पारदर्शी बनाउँदै कर सङ्कलनका लागि विभिन्न अभियान सञ्चालन गर्ने गरेका छौँ ।’

सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न यातायात कार्यालयले विशेष व्यवस्था गरेको सूचना अधिकारी टेकनारायण तिवारीले बताउनुभयो । कर तिर्न आउने सेवाग्राहीको भीडलाई व्यवस्थित गर्न अतिरिक्त कर्मचारी खटाइएको उहाँले जनकारी दिनुभएको छ ।

‘सेवा लिने क्रम छिटो होस् भन्ने उद्देश्यले छुट्टै काउन्टरको व्यवस्था गरिएको छ’ उहाँले भन्नुभयो– ‘कर तिर्दा आवश्यक पर्ने कागजात तथा अन्य जानकारी सहजै उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।’  

गत आव २०८०/८१ मा यातायात व्यवस्था कार्यालयले ३० करोड ३५ लाख ५३ हजार ९ सय ५३ रुपैयाँ सङ्कलन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट