
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित तीन नेतालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अध्यक्ष लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाही हुनुहुन्छ । उहाँहरुलाई प्रहरीले सिंहदरबारको गेटबाटै पक्राउ गरेको हो ।
संसदीय दलको कार्यालयमा बैठक सकेर निस्केपछि उहाँहरु पम्प्लेट लिएर बिजुलीबजार स्थीत प्रदर्शनस्थल जाने तयारीमा हुनुहुन्थ्यो । संसदीय दलको कार्यालयबाट निस्केलगत्तै प्रहरीले उहाँहरुलाई पिछा गर्दै सिंहदरवार गेट जनिकैबाट पक्राउ गरेको छ ।
तीन शीर्ष नेताहरु पक्राउ परिसकेको र आफूहरूले बिजुलीबजारमा प्रदर्शन जारी राखेको राप्रपा सांसद दीपकबहादुर सिंहले बताउनुभयो । जनताको आवाज दबाउन राज्य लागिपरेको उहाँको आरोप छ ।
आज राप्रपाले काठमाडौँमा प्रदर्शन जारी राखेपछि ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । प्रदर्शनकारीले प्रहरी घेरा तोड्ने प्रयाससमेत गरेका थिए । राप्रपाले राजतन्त्र पुनःस्थापनाको माग राखेर चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
प्रदर्शनकारीलाई रोक्न प्रहरीले कोटेश्वर, बानेश्वार, तीनकुने, थापागाउँ लगायका दर्जनौँ स्थानमा ब्यारिगेट्स बनाएर सर्बसाधारणलाई समेत हिड्डुल गर्न रोक लगाएको छ । प्रहरीको अवरोधका कारण प्रेस र एम्बुलेन्स समेत विभिन्न स्थानमा रोकिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन