
झापा । पछिल्लो वर्ष अन्य कम्युनिष्ट पार्टीले भुल्दै भएको सुखानी काण्ड नेकपा एकीकृत समाजवादीले भने सम्झिदैछ । एकीकृत समाजवादी कोशीले प्रदेश कमिटीे स्थापना दिवस सुखानी काण्डका शहीदहरुले शहादत गरेको स्थलमा मनाउने भएको छ ।
एकीकृत समाजवादी कोशीले वेशाख ९ गते सुखानीमा प्रदेश कमिटीे स्थापना दिवस कार्यक्रम गर्न लागेको हो । भर्खरै निर्वाचित प्रदेश कमिटीको आयोजना र झापा जिल्ला कमिटीको व्यवस्थापनमा स्थापना दिवस कार्यक्रम गर्न लागिएको कोशी अध्यक्ष सरिता खड्काले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार त्यस दिन प्रदेश कमिटीका सम्पूर्ण सदस्यहरु, झापा, इलाम, मोरग, सुनसरी र अरु जिल्लाका कार्यकर्ताहरुको बिशेष सहभागिता रहनेछ । त्यसका लागि पार्टीको झापा जिल्ला कमिटीको पदाधिकारी बैठक बसी योजना बनाइएको प्रदेश कमिटी सदस्य तीर्थ सिग्देलले जनाउनु भएको छ ।
प्रदेश कमिटीले कोशीमा पार्टी निर्माण र विस्तारका लागि योजना बनाउन लागेको र त्यसको अभियान रुपमा सुखानीबाट शुरुवात हुने प्रदेश कमिटी अध्यक्ष खड्काले उल्लेख गर्नुभएको छ ।
इलाम स्थित सुखानी २०२९ साल फागुन २१ गते नेपाली कम्युनिष्ट आन्दोलनका अगुवालाई तत्कालीन शासकले हत्या गरेको स्थान हो ।
अहिले माइ नगरपालिका वडा नम्बर ४ मा रहेको सुखानीमा पंचायती शासकले कम्युनिष्ट योद्धाहरु झापा विद्रोहका नाइके भनेर चिनिने रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, बिरेन राजवंशी र नारायण श्रेष्ठलाई हत्या गरेको थियो ।
२०२९ साल कात्तिकमा पक्राउ परका उहाँहरुलाई जेल सार्ने बाहनामा फागुा २१ गते सुखानी लगेर हत्या गरिएको हो । त्यस स्थानमा अहिले शहीद पार्क बनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा