
काठमाडौँ । स्थानीय तहका कर्मचारीले पनि आन्दोलन घोषणा गरेका छन् । विगतमा आफूहरूसँग गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै स्थानीय तहका कर्मचारीहरूले आइतबारदेखि विरोधका कार्यक्रम सार्वजनिक गरेका हुन्।
स्थानीय सेवा कर्मचारी सञ्जाल नेपालले शनिबार विज्ञप्ति निकाली विरोधका कार्यक्रम सार्वजनिक गरेको हो। आइतबार ७५३ पालिकाकै प्रमुखमार्फत राज्य व्यवस्था समितिका सभापति, संघीय मामिलामन्त्री, कानुनमन्त्री र मुख्यसचिवलाई २७ असोज २०८० मा भएको सम्झौता स्मरण गराई तत्काल निजामती सेवा विधेयक जारी गर्न ध्यानाकर्षण गराउने भएका छन्।
त्यस्तै, वैशाख ८ गते सोमबार कर्मचारीहरू काठमाडौँमा भेला भई दबाबमूलक कार्यक्रम गर्ने र ७५३ स्थानीय तहमै कालोपट्टी बाँधेर काम गर्ने कार्यक्रम छ।
१२ वैशाख शुक्रबार सम्ममा स्थानीय तहका कर्मचारीका माग सम्बोधन नगरिए काठमाडौँकेन्द्रित सडक आन्दोलन गर्ने तथा सबै स्थानीय तहमा पेनडाउन गर्ने विरोधका कार्यक्रम सार्वजनिक गरेको छ।
शिक्षकदेखि, चिकित्सक तथा संघीय निजामती कर्मचारीले आन्दोलन गरिरहेका वेला स्थानीय तहका कर्मचारीले पनि सडक आन्दोलनसम्मका कार्यक्रम सार्वजनिक गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा