
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई अलोकतान्त्रिक र भ्रष्टको संज्ञा दिनुभएको छ ।
एमाले अध्यक्ष ओलीले शुक्रवार पार्टी मुख्ष्यालय च्यासलमा बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघको अधिवेशनलाई सम्बोधन गर्दै लोकतान्त्रिक पद्धति सरकारले भताभुङ्ग पारेको आरोप लगाउनुभयो । ‘यो कानुनअनुसार चल्ने, मूल्य मान्यता अनुसार चल्ने सरकार होइन । गैरकानुनी, बेतिथीसँग चल्ने सरकार हो’ उहाले भन्नुभयो– ‘यो काम नलाग्ने, अलोकतान्त्रिक भ्रष्ट सरकार हो । हेर्दा हेर्दै कस्तो सरकार बन्यो नेपालमा ? डेमोक्रेसी भनिन्छ । प्रणाली नै मास्यो त यहाँ ।’
ओलीले बैंकबाट ऋण लिँदा घटाउन वा बढाउन सकिने भनिएता पनि बढाउने काम मात्रै भइरहेको उल्लेख गर्नुभयो । ‘बैंकबाट ऋण लिँदा घटाउन वा बढाउन सकिने भनिएको छ, घटाउने त कुरै छैन’ उहाँले भन्नुभयो– ‘ एकतर्फीरूपमा बैंकहरूले ऋणीसँग भएको सम्झौतामा बदल्नुपर्छ भने दुवैतर्फको सहमति हुनुपर्छ । हामीलाई मर्का पर्यो अनि बढायौं भन्ने, अनि अर्कालाई परेको मर्का के त रु यसवर्ष बैंकको यति खर्ब मुनाफा क्या बात भन्दै आफैंलाई धाप लायो । अनि ऋणीहरू ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा