
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक वर्षको पहिलो कारोबारमै बढेको छ । नेप्से परिसूचक मंगलबार २७ दशमलव १४ अंकले बढेर २ हजार ६ सय ८९ दशमलव २२ को बिन्दुमा अडिएको छ ।
आज विभिन्न ३ सय २० कम्पनीका २ करोड १८ लाख ४१ हजार ४७ कित्ता शेयर, ६९ हजार ३ सय ६४ पटक खरिदबिक्री हुँदा ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार ८ सय ८७ रुपैयाँको कारोबार भएको छ ।
कारोबारमा म्युचुअल फन्ड शून्य दशमलव ०७ र व्यापार शून्य दशमलव ६४ प्रतिशतको गिरावट देखिएको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूह दुई दशमलव ४६ र लगानी समूह दुई दशमलव ७१ ७१ प्रतिशतले बढेको छ ।
बैंकिङ शून्य दशमलव ४८, वित्त एक दशमलव ५९, होटल तथा पर्यटन एक दशमलव ९९, जलविद्युत् एक दशमलव ४७, जीवन बीमा शून्य दशमलव ८१, उत्पादन तथा प्रशोधन एक दशमलव २२, लघुवित्त शून्य दशमलव ६० र निर्जीवन बीमा समूह एक दशमलव ०७ प्रतिशतले बढेको छ ।
आजको कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी बलेफी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले घटेको छ ।
कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै बलेफी हाइड्रोपावर लिमिटेडको २ अर्ब १ करोड २९ लाख ९३ हजार १ सय ४२ रुपैयाँको ८६ लाख ७८ हजार २ सय २५ कित्ता शेयर किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गभर्नर नियुक्तिमा उमेरहद संशोधन कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
- मानव अधिकार आयोगद्वारा शिक्षकका माग वार्ताबाट समाधान गर्न आग्रह
- कर्मचारीले सातामा २ दिन जातीय वेशभूषा लगाउनुपर्ने
- सर्वोच्चद्वारा छविलाल जोशीलाई थुनामा पठाउनुको कारण माग
- त्रिविको उपकुलपति जिम्मेवारी डा केसीलाई
- बूढीगण्डकी आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण
- स्वास्थ्य पूर्वाधार विकासमा समुदायको सहभागिता अपरिहार्य : अध्यक्ष दाहाल
- स्थानीय तहलाई राजस्वको १२ प्रतिशत ऋण उठाउन सिफारिस
- ‘नागरिकले नेतृत्वसँग शुद्धता र योग्यता दुवै खोजेका छन्’
- सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा