+

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । आइतबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज भने  घटेको छ । 


सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा आज प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार आइतबार प्रतितोला १ लाख ८६ हजार रुपैयाँ कारोबार भएको सुन आज १ लाख ८४ हजार ३ सय रुपैयाँमा झरेको छ ।  आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार २ सय २५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य समेत तोलामा  १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार ९ सय ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै