
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझाव अनुसार बजेट ल्याउनसरकारसँग आग्रह गर्नुभएको छ ।
अर्थ मन्त्रालय, राजस्व परामर्श समितिले शनिबार रुपन्देहीमा आयोजना गरेको बजेट तथा राजस्व नीतिसम्बन्धी अन्तरक्रिया कार्यक्रममा आयोगका सदस्यसमेत रहनुभएका अध्यक्ष ढकालले आयोगको सुझावअनुरुप बजेट निर्माण गर्दा अर्थतन्त्रका धेरै विषय सम्बोधन हुने बताउनुभयो ।
उहाँले बजेट जनता केन्द्रित विकास, वर्तमान आवश्यकता र प्राथमिकताका आधारमा उत्पादन र रोजगारी वृद्धि गर्ने गरी ल्याउनुपर्नेमा जोडदिँदै सरकारले राजस्व सङ्कलनलाई मात्र प्राथकितामा राख्दा रोजगारी सिर्जना र उत्पादन वृद्धि तथा आयात प्रतिस्थापनको विषय ओझेलमा परेको बताउनुभयो ।
अध्यक्ष ढकालले दुई वर्षदेखि विप्रेषणको आन्तरिक कारोबार शून्य बनाइएकाले साना व्यवसायी तथा विद्यालय, कलेज, अस्पताल लगायत सङ्गठित सङ्घसंस्थामा आवश्यक पर्ने सानो रकम प्रयोगमा सर्वसाधारणले समस्या भोग्नु परेकाले यसलाई पुनः सुचालु गर्नुपर्नेमा जोड दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- शिक्षकका माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई खुल्लापत्र
- ‘कांग्रेसमा आफू भाइरल हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो’
- ‘विद्यार्थी टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्छ’
- वाग्द्वार स्नान मेलामा भक्तजनको घुइँचो
- एमाले सचिवालय बैठक शुरु
- विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा
- ‘सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त’
- ‘समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक’
- ‘उद्यमशीलताको प्रवर्द्धन तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार’
- नववर्ष २०८२ प्रारम्भ, हर्षोल्लास साथ मनाइँदै