
काठमाडौँ । राजावादी समूहको प्रदर्शनमा भएको हिंसात्मक घटनामा जीवन गुमाएकाहरुका परिवारलाई विभिन्न पक्षबाट सहयोग गर्ने क्रम जारी छ । त्यही घटनामा जीवन गुमाएका सुरेश रजकको परिवारलाई नेकपा एकीकृत समाजवादी निकट पत्रककारहरुको संस्था समाजवादी प्रेस संगठन नेपालले समेत आर्थिक सहयोग गरेको छ ।
संगठनले अध्यक्ष शम्भु श्रेष्ठको नेतृत्वमा शनिबार दिउँसो निवासमै पुगेर रजककी पत्नी सुजन मगिया रजक र दाजु दिनेश रजकलाई ५० हजार रुपैयाँ सहयोग गरेको हो ।
सहयोग रकम हस्तान्तरण गर्न संगठनका अध्यक्ष श्रेष्ठसहित, उपाध्यक्ष अस्मिता गिरी, महासचिव रोहित दाहाल, उपमहासचिवद्धय प्रेम गौतत तथा लेखनाथ सिकारु, सचिव प्रदीप नेपाली, केन्द्रीय सदस्यहरु निरोज दोलाङ्गे, मिलन उपाध्याय लगायत पुग्नुभएको थियो ।
आर्थिक सहयोग हस्तान्तरण गर्दै अध्यक्ष श्रेष्ठले समाजवादी प्रेस संगठन नेपाल पत्रकारको हकहित र भौतिक सुरक्षाका निम्ति संवेदनशील रहेको बताउउनु भयो । उहाँले पत्रकारको सुख, दुःखमा संगठन, सदैव साथसाथै हुने समेत उल्लेख गर्नुभयो ।
संगठनले रजकलाई शहीद घोषणा गर्न माग गरेको छ । भिडियो खिचिरहेको अवस्थामा आगो लगाएर रजकको रहस्यमय हत्या गरिएको भन्दै संगठनले उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरेर अनुसन्धान गरेर शहीद घोषणा गर्न र परिवारलाई उचित राहत दिन सरकारसँग माग गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन