
काठमाडौँ । देशभरका शिक्षकले काठमाडौँ केन्द्रित भएर सडक आन्दोलन थालेको ११ दिन भएको छ । यसबीचमा शिक्षकहरू स्थानीय तह मातहत नबस्ने पुरानो अडानबाट पछि हटेका छन् तर उनीहरूका अन्य मागमा अझै सहमति भएको छैन ।
एसईई सकिएको पर्सिपल्ट २० चैतबाट शिक्षकहरू आन्दोलनमा उत्रिँदा उत्तरपुस्तिका परीक्षण शुरु हुन सकेको छैन । एसईईको नतिजा असार पहिलो साता प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डको कार्यतालिका छ ।
११ वैशाखदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षाको तयारीमा पनि शिक्षक आन्दोलनले असर परेको छ । वैशाख पहिलो साता शुरु हुने नयाँ शैक्षिकसत्रको कार्यतालिका पनि प्रभावित हुने भएको छ । शिक्षकहरूले सरकारलाई दबाब दिन गत सोमबारदेखि शैक्षिक हडताल घोषणा गरेका छन् ।
सरकारसँग भएका सहमतिअनुसार विद्यालय शिक्षा ऐन जारी गर्ने सुनिश्चितता नभएसम्म आन्दोलन नरोक्ने अडानमा शिक्षकहरू छन् । शिक्षक महासंघकी सहअध्यक्ष तथा आन्दोलनकी संयोजक नानुमाया पराजुली नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार शिक्षामन्त्री विद्या भट्टराईलाई बुझाएको २४ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ ।
सरकारको निर्णयबाट र विद्यालय शिक्षा विधेयकमार्फत तत्काल सम्बोधन गरिनुपर्ने मागको सूची शिक्षामन्त्रीलाई बुझाइएको पराजुलीले बताउनुभयो । शिक्षामन्त्री भट्टराईलाई बुझाइएको ध्यानाकर्षणपत्रमा शिक्षकलाई स्थानीय तहअन्तर्गत राख्न नहुने पहिलेको माग उल्लेख छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- शिक्षकका माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई खुल्लापत्र
- ‘कांग्रेसमा आफू भाइरल हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो’
- ‘विद्यार्थी टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्छ’
- वाग्द्वार स्नान मेलामा भक्तजनको घुइँचो
- एमाले सचिवालय बैठक शुरु
- विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा
- ‘सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त’
- ‘समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक’
- ‘उद्यमशीलताको प्रवर्द्धन तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार’
- नववर्ष २०८२ प्रारम्भ, हर्षोल्लास साथ मनाइँदै