
काठमाडौँ । थाई भाट चोरीको आरोपमा विमानस्थलबाट एक जना पक्राउ परेका छन् ।
नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट बैंकक जान लागेका यात्रु याङ्गहाङ सुब्बाको झोलाबाट थाई भाट २० हजार चोरी गरेको आरोपमा प्रहरीले बिहीबार एकजनालाई पक्राउ गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वायुसेवा निगमको लोडरका रूपमा कार्यरत दैलेख महावु गाउँपालिका–३ घर भई हाल काठमाडौँको काँडाघारी बस्ने ३५ वर्षीय देवबहादुर सुनारलाई बिहीबार दिउँसो पक्राउ गरिएको नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ ।
याङ्गहाङले आफ्नो थाई भाट चोरी भएको भनी निवेदन दिए पश्चात् सिसिटिभि अवलोकन गरी प्रारम्भिक अनुसन्धान गर्दा सुनारको गतिविधि शङ्कास्पद देखिएकाले नियन्त्रणमा लिई अनुसन्धान गर्दा निजले थाई भाट चोरी गरेको खुलेको हो । निजको शरीर र लकर खोजी गर्दा विभिन्न दरका थाई भाट १९ हजार चार सय बरामद गरिएको प्रहरीले जनाएको छ ।
सुनारलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा