
काठमाडौँ । सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार १ सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
यो सन् २०२३ को जनवरीको तुलनामा २४ हजार २६ ले बढी हो । गत वर्षको जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल आएका थिए ।
नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ८१ हजार ८ सय ९७ जना बाहिरिएका छन् । जनवरीमा सबैभन्दा बढी भारतीय पर्यटक २४ हजार १ सय ३९ जना नेपाल आएका छन् । गत वर्षको यही अवधिमा १६ हजार ४ सय ३६ भारतीय पर्यटक नेपाल आएका थिए ।
चिनियाँ पर्यटक ७ हजार २ सय ६७, अमेरिकी पर्यटक ७ हजार ४७, थाइल्याण्डबाट ४ हजार ६ सय १९ जना पर्यटक नेपाल आएका छन् ।
जनवरीमा दक्षिण कोरियाबाट ३ हजार ८ सय १२, बङ्गलादेशबाट ३हजार ६ सय २९, अष्ट्रेलियाबाट ३ हजार ४ सय २१, बेलायतबाट ३ हजार २ सय ७६, भुटानबाट २ हजार २ सय २९ र जापानबाट १ हजार ५ सय ६८ जना विदेशी पर्यटक नेपाल आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा