+

जनमोर्चाले गणतन्त्र र राष्ट्रियता रक्षाको लागि अभियान थाल्ने

काठमाडौँ ।  राष्ट्रिय जनमोर्चाले गणतन्त्र र राष्ट्रियताको रक्षा तथा सङ्घीयता रक्षा गर्न अभियान अभियान सञ्चालन गर्ने भएको छ । जनमोर्चाले गणतन्त्र र राष्ट्रियताबारे पार्टीको धारणा स्थापित गराउन चैत २४ गतेदेखि काठमाडौँ केन्द्रित साताव्यापी अभियान सञ्चालन गर्ने भएको हो ।


पार्टीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र र राष्ट्रियताको रक्षाको पक्षमा अभियान सञ्चालन हुने जानकारी दिनुभयो । काठमाडौँको तीनकुनेमा चैत १५ गते भएको घटनाले मुलुकमा प्रतिगमनको खतरा देखापरेका कारण राजधानी केन्द्रित पार्टी सचेतनासहितका कार्यक्रम गर्न लागेको उहाँले स्पष्ट पार्नुभयो ।

त्यस अवसरमा पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘सम्पूर्ण गणतन्त्रवादी शक्तिहरुबीच प्रतिगमनविरुद्ध सहकार्यको आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।’ 

पार्टीका उपाध्यक्ष एवं संविधानसभा सदस्य दुर्गा पौडेलले सरकार र संसद्को सङ्ख्यामा भएको वृद्धिले खर्चको भार बढेर आर्थिक रुपमा मुलुक सञ्चालनमा चुनौती परिरहेको तर्क गर्नुभयो । उहाँले भन्नुभयो– ‘जिल्ला र केन्द्रका बीचमा समन्वयका लागि प्रदेशस्तरको प्रशासनिक संरचनाको निर्माणमा हामीले जोड दिन्छौँ ।’

पार्टीले नेपालको राष्ट्रियताका विरुद्धमा भइरहेको विभिन्न खाले षडयन्त्रका विरुद्ध सङ्घर्ष गरेर नै मुलुकको राष्ट्रियताको रक्षा गर्दै आएको जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै