+

‘देश र जनताको सेवामा रातदिन खटिँदा पनि मलाई बर्खास्त गरियो’


काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले देश र जनताको सेवामा रातदिन निष्ठाका साथ खटिँदा पनि सरकारले आफूलाई पदबाट बर्खास्त गरेको गुनासो गर्नुभएको छ । 


शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै घिसिङले यस्तो गुनासो गर्नुभएको हो । राष्ट्र निर्माणमा जहाँ आवश्यकता पर्छ त्यहाँ आफू सदैव उभिने बताउँदै भन्नुभयो, मेरो इज्जतमाथि नै आघात पुग्ने गरी प्रहार भयो । 

उहाँले आफूले उद्योगहरूको ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता उठाउन पत्र काट्नु नै आफूलाई हटाइनुको प्रमुख कारण बनेको उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘बक्यौता उठाउने मेरो प्रयास नै मलाई हटाइनुको प्रमुख कारण बनेको छ भन्दै उहाँले बक्यौता उठाउनु अपराध हो ?’ भन्दै प्रश्न समेत गर्नुभयो । 

यस्तै, घिसिङले आफूमाथि कसको स्वार्थमा राज्यको सम्पूर्ण शक्ति खनिएको हो भनेर नेपाली जनताले देखेको समेत जिकिर गर्नुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै