
सिन्धुपाल्चोक । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले कर्मचारी सरुवा ,बढुवामा ‘भेटी’ आतंक मच्चाएको आरोप लगाउनुभएको छ ।
एमाले अध्यक्ष ओलीले बुधबार सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको नवनिर्मित भव्य प्रशासनिक भवनको उद्घाटन गर्दै मन्त्रालयमा क्षमता हेरेर होइन, गठबन्धनको रंग हेरेर मात्रै काम हुने गरेको टिप्पणी गर्नुभयो ।
‘सरुवा, बढुवामा मात्रै होइन नयाँ नियुक्ती पनि भेटी ,दक्षिणाबिना काम नै हुँदैन, सत्ता गठबन्धनले भेटी आतंक मच्चाएको छ’ कार्यक्रममा उहाँले भन्नुभयो– अहिले मन्त्रालयमा जाँदा क्षमता हेरेर होइन रंग हेरेर गठबन्धनको हो की होइन त्यो हेरेर मात्रै काम गर्ने संस्कृतिको विकास वर्तमान सरकारले सुरुवात गरेको छ । एमालेको सरकार रहँदा धेरै काम भयो, त्यो काम किन भयो भने एमालेले अनुहार हेरेर होइन योग्यता र क्षमता हेरेर मात्रै काम हुन्थ्यो । तर अहिले त्यस्तो छैन ।’
एमाले अध्यक्ष ओलीले राजतन्त्र हटाएर नेपाली जनताले गणतन्त्र ल्याए पनि अहिले छोटे राजाहरुको विगविगी रहेको धारणा व्यक्त गर्नुभयो । अहिले छोटेराजा होइन ‘छिनेमिने’ हरुको दादागिरी शुरु भएको छ’ उहाँले भन्नुभयो – ‘सिन्धुपाल्चोक पनि छोटे राजाहरुको जिल्लाको रुपमा चिनिएको छ । अब विस्तारै सिन्धुबासीले बढे र छोटे राजाहरुलाई तह लगाउने छन् ।’
अध्यक्ष ओलीले गठबन्धन सरकाका मन्त्रीहरु घुसमै लिप्त रहेको आरोप लागाउनु भयो । ‘अहिलेको सरकारका मन्त्रीहरुले गाउँमा आएर के भन्ने ? मन्त्री खाएँ, घुस खाएँ, कमिशन खाएँ भन्ने, कर्मचारी निकालेँ भन्ने, जनतालाई दुःख दिएँ भन्ने भन्दा बाहेक अहिलेका मन्त्रीहरुले केही काम गरेका छैनन’ उहाँले भन्नुभयो ,।
ओलीले एमालेको सरकार ढलेर गठबन्धनको सरकार बनेपछि देशको अर्थतन्त्र र विकास ओरालो लागेको उल्लेख गर्नुभयो । एमालेले देश बनायो, अरुको पार्टीको अब साइनबोर्ड मात्रै रहने भयो, पार्टी साटी सकिने भयो भनेर गठबन्धन बनाएको हो’ उहाँले भन्नुभयो ।
कार्यक्रममा पूर्वमन्त्री शेरबहादुर तामाङले अहिलेको सरकारले यस क्षेत्रको विकासको बजेट काटेर गलत परम्पराको शुरुवात गरेको आरोप लगाउनुभयो । करिब १२ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको गाउँपालिकाको प्रशासनिक भवन निर्माण गर्न ४ वर्ष बढी समय लागेको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा