
नवलपरासी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले त्रिवेणीस्थित गजेन्द्र मोक्ष धामबाट मुक्तिनाथका लागि शुरु भएको ऐतिहासिक रथ यात्रा शुभारम्भ गर्नुभएको छ ।
कालीगण्डकीका शालिग्राम तथा मुक्तिनाथको प्रचारप्रसार गर्ने र धार्मिक आस्थालाई एकअर्कासँग जोड्ने उद्देश्यले आयोजना गरिएको यस यात्रामा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागिता रहनेछ ।
कमलनयनाचार्य मुक्तिनाथ बाबाको सङ्कल्पअनुसार शुरू गरिएको रथ यात्रा त्रिवेणी, देवघाट, पोखरा, बागलुङ हुँदै मुक्तिनाथ पुग्नेछ । रथ यात्राको शुभारम्भ गर्दै मुख्यमन्त्री आचार्यले धार्मिक पर्यटकीय गन्तव्यलाई एकआपसमा जोड्न आवश्यक रहेको बताउँदै लुम्बिनी प्रदेशमा पर्यटन सर्किट निर्माण थालिएको जानकारी दिनुभयो ।
साथै, छिमेकी प्रदेश र अन्य क्षेत्रका धार्मिकस्थललाई परस्पर सम्बन्धित गर्दै पर्यटनको माध्यमबाट समृद्धि हासिल गर्न सकिने उहाँको भनाइ छ । गण्डकीका शालिग्राम र मुक्तिनाथको व्यापक प्रचारप्रसार गर्ने लक्ष्य राखिएको यस रथ यात्राले धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
पर्यटकीय दृष्टिकोणले अत्यन्तै सुन्दर र पवित्र भूमि त्रिवेणी धामबाट शुरू भएको यो यात्रा श्रद्धालुका लागि महत्त्वपूर्ण रहनेछ ।
उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका वनमन्त्री देवकरण कलवार, प्रदेशसभा सदस्य निमा गिरी, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर गोविन्द पोख्रेल लगायत जनप्रतिनिधि, उद्योगी, व्यवसायी लगायतको विशेष उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री
- डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न ६ विदेशीसहित ५२ जना पक्राउ
- गायिका एलिनालाई अभद्र कमेन्ट गरेको आरोपमा एक जना पक्राउ
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री