
सुर्खेत । कर्णाली प्रदेशमा भित्रिने तरकारी तथा फलफूलमा विषादीको मात्रा जाँच गर्न भेरीगङ्गा नगरपालिका–४ हर्रेमा स्थापना भएको विषादी प्रयोगशाला अलपत्र परेको छ ।
प्रदेश सरकारले आवश्यक बजेट र जनशक्तिको व्यवस्थापन नगर्दा प्रयोगशाला अलपत्र परेको हो । कर्णाली प्रदेश सरकारले ६ वर्षअघि ७० लाख रुपैयाँ लागतमा विषादी प्रयोगशाला स्थापनाका लागि भवन निर्माण गरेको थियो । कर्मचारी र प्रयोगशालामा आवश्यक उपकरण खरिद गर्ने पर्याप्त बजेट नभएपछि भवन सम्पन्न भए पनि सञ्चालनमा आउन नसकेको प्रयोगशालाका प्रमुख वरिष्ठ कृषि अर्थविज्ञ चित्रबहादुर रोकायले बताउनुभयो ।
प्रदेशको एकीकृत कृषि प्रयोगशालाका अनुसार भवन निर्माण भए पनि बजेट तथा जनशक्ति नहुँदा सञ्चालन हुन नसकेको हो । रोकायले प्रयोगशाला निर्माण भए पनि आवश्यक उपकरण खरिद र जनशक्ति नहुँदा सञ्चालन हुन नसकेको बताउँदै सरोकार भएका निकायसँग बजेट र जनशक्ति व्यवस्थापनका लागि आग्रह गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म पनि व्यवस्थापन हुन नसक्दा सञ्चालनमा समस्या भइरहेको हो ।
मन्त्रालयले हर्रे र सल्यान कपुरकोटको प्रयोगशाला सञ्चालन गर्न २९ लाख रुपैयाँ मात्र विनियोजन गरेको जनाउँदै प्रयोगशालाका प्रमुख रोकायले उक्त रकम कम हुने भएकाले ६५ लाख रुपैयाँ माग गरी मन्त्रालयमा पठाइएको उल्लेख गर्नुभयो । “आवश्यक पर्ने उपकरण, सामग्री खरिद गर्न बजेट पुग्दैन । सुर्खेत र कपुरकोटको प्रयोगशालाका लागि ६–६ जना कर्मचारी माग गरेका छौँ । तर, अहिलेसम्म उपलब्ध हुनसकेको छैन’ उहाँले भन्नुभयो ।
कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रयोगशाला सञ्चालनका लागि रकम कम भएकाले रकमान्तर गर्ने तयारी भइरहेको मन्त्रालयका प्रवक्ता कृषि प्रसार अधिकृत धनबहादुर कठायतले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बाथरुममा लडेर प्रचण्ड घाइते
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल