
काठमाडौँ । ट्राफिक प्रहरीले आज बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा ट्राफिक नियमबारे जनचेतना फैलाउने उद्देश्यले ‘दुईपाङ्ग्रे सवारी चालकसँग दुई मिनेट’ अभियान सुरु गरेको छ ।
दुईपाङ्ग्रे सवारी चालकहरूलाई लक्षित गरी सुरु भएको कार्यक्रम हरेक हप्ता नियमित रूपमा सञ्चालन गरिने बूढानीलकण्ठ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख वीरेन्द्र विश्वकर्माले कार्यक्रमअन्तर्गत चालकहरूलाई ट्राफिक नियम, सुरक्षा मापदण्ड तथा जिम्मेवार रूपमा सवारी सञ्चालनबारे जानकारी दिइने बताउनुभयो । “दुर्घटना न्यूनीकरण तथा सुरक्षित सडक यात्राको सुनिश्चितताका लागि यस्तो सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो । चालकहरूले जिम्मेवार भएर नियमअनुसार सवारी सञ्चालन गरे दुर्घटनाको सम्भावना निकै कम हुन्छ । हामीले हरेक हप्ता यस्तै विषयमा सचेतना फैलाउने गरी यो कार्यक्रम सुरु गरेका छौँ”, उहाँले भन्नुभयो,“कार्यालयले आगामी दिनमा यस कार्यक्रमलाई अझ प्रभावकारी र समावेशी बनाउँदै लैजाने योजना बनाएको छ ।”
कार्यक्रममा सहभागी चालकहरूले पनि यस्ता जानकारीमूलक प्रयासहरू उपयोगी रहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बाथरुममा लडेर प्रचण्ड घाइते
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल