
काठमाडौँ । प्रहरीले ठगीमा संलग्न एकजना युवकलाई पाँचथरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको राजविराज घर भएका २६ वर्षीय डम्बर शाह छन् । दुई वर्षको अवधिमा उनले डेढ अर्बको कारोबार गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताउनुभयो ।
अनलाइनमार्फत ‘पार्शल पठाएको छु’ भनेर पीडितलाई विश्वास दिलाएपछि सामान छुटाउन पैसा डिपोजिट गर्न लगाउने गिरोहसँग शाहको ‘कनेक्सन’ भेटिएको छ । पार्सल पठाउने नाममा ठग्ने गिरोहले डम्बरको खातामा पैसा डिपोजिट गर्न लगाउने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । पछिल्लो दुई वर्षको बिचमा ३४ वटा खाताबाट डम्बरको खातामा पैसा डिपोजिट भएको अनुसन्धानबाट थाहा भएको छ ।
ठग्ने समूहले पार्सल हिँडेको भन्ने र भन्सारले सामान रोकेको बहाना बनाएर ठग्दै आएका छन् । त्यसबारे अनुसन्धान गर्दा शाहले चारवटा विकल्प दिएर ठगीमा संलग्न आरोपीहरूको रकमको कारोबार गर्ने गरेको भेटिएको छ ।
आफ्नो खातामा जम्मा भएको पैसालाई क्रिप्टोमा रूपान्तरण गर्ने, नगद चाहिनेलाई नगद र खातामा राख्न चाहनेलाई उनले राख्ने सुविधा दिँदै आएका थिए । सो बापत उनले कमिसन लिने गरेको अनुसन्धानमा संलग्न इन्स्पेक्टर निर्मल थापाले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा