
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीको पद जोगिएको छ। २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा मेडिकल काउन्सिल सदस्य सार्वजनिक पद भएकाले राजीनामा नगरी उम्मेदवार बन्न नपाउने भनी आयोगले उहाँको उम्मेदवारी खारेज गरेको थियो।
तर सर्वोच्चले अन्तरिम आदेश दिएपछि उहाँको उम्मेदवारी जोगिएको थियो। पछि उहाँले मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा दिनुभएको थियो ।
सो मुद्दामा सर्वोच्चले आज निर्णय गर्दै उम्मेदवार बन्न नपाउने भनी निर्वाचन आयोगले गरेको निर्णय बदर गरिदिएको छ ।
न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले कार्कीको उम्मेद्वारी खारेज गर्ने आयोगको निर्णयलाई खारेज गरेको सर्वोच्च अदालतका उपरजिष्ट्रार निराजन पाण्डेले जानकारी दिनुभएको छ ।
कार्की ललितपुर क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बाथरुममा लडेर प्रचण्ड घाइते
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल