+

कर्णालीमा माछा मार्न जाँदा भिरबाट लडेर मृत्यु

बाजुरा । बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु  भएको छ । 


जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर –२ फयालगाउँ बस्ने ४२ वर्षीय पुसे भण्डारीको  भिरबाट लडेर मृत्यु भएको हो । 

पुसे  आइतबार बेलुकी कर्णालीमा माछा मार्न जाने क्रममा नदी नजिकै रहेको हाँडेको भिरबाट लडेको  जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक जनक बोहराले जानकारी दिनुभएको छ ।

स्थानीयले भण्डारी भिरबाट लडेर घाइते भएको प्रहरीलाई जानकारी आएपछि घटनास्थल पुग्दा मृत्यु भइसकेको निमित्त प्रहरी नायव उपरीक्षक बोहराले बताउनुभएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै