
बाजुरा । बाजुरा ट्र्याक्टर दुर्घटना हुँदा एक जना मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिकामा आइतबार राति भे २ त १५८८ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो ।
बूढीगङ्गा नगरपालिका–४ खोडालबाडामा भएको दुर्घटनामा ३३ वर्षीय ट्र्याक्टर चालक पदमबहादुर रावतको जीवन गुमेको जिल्ला प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खप्तड छेडेदह गाउँपालिकाबाट बूढीगङ्गा नगरपालिका आउँदै गरेको ट्र्याक्टर ओरालोमा अनियन्त्रित सडकबाट करिब २ सय ५० मिटर तल खसेको हो । ट्र्याक्टरको पछाडिको भाग अर्थात् ट्रली भने फुत्किएर करिब ५० मिटरमा अड्किएको छ ।
ट्र्याक्टरमा सवार रहेका चार जना मध्ये चालक रावतका छोरा सञ्जय रावतलाई सामान्य चोट लागेको छ । घाइते बालकको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको निमित्त प्रहरी नायव उपरीक्षक जनक बोहराले बताउनुभएको छ । अन्य तीन जना सकुशल रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बाथरुममा लडेर प्रचण्ड घाइते
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल