
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने भन्दै जनआन्दोलनको बलमा स्थापित वर्तमान व्यवस्थालाई सबल तुल्याउन आवश्यक रहेको बताउनुभएको छ।
राष्ट्रियसभाको आजको विशेष समयमा उहाँले केही व्यक्तिले राजालाई डोर्याएर नारायणहिटी लैजाने भनेर अभिव्यक्ति दिइरहेकामा आपत्ति जनाउँदै यस्ता गतिविधिप्रति सजग हुन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो– ‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन ।’
सप्तरीको पूर्वी भेगका किसान वन्यजन्तु आरक्षबाट प्रभावित भएका तथा उनीहरूले लगाएको बाली आरक्षका जनावरले नष्ट गरेका भन्दै बाली संरक्षण गर्न सरोकार भएका निकायको ध्यानाकर्षण गराउँदै सांसद विश्वकर्माले प्रभावित क्षेत्रमा ‘हाइ प्वाइन्ट’ निर्माण गरी बाली संरक्षण गर्न माग गर्नुभयो । ‘कोशी किनार क्षेत्रमा हरेक वर्ष जनताले सास्ती खेप्दै आएका छन् । हरेक रात बाली नष्ट भइरहेको छ, जङ्गली जनावारको त्रासले किसान गोठालो गर्न सक्दैनन् ,त्यसैले जनावार र किसानको बाली संरक्षणमा ध्यान दिन आग्रह गर्दछु’ उहाँले भन्नुभयो ।
साथै उहाँले सप्तरीको गजेन्द्रनारायणसिंह अस्पतालमा विशेषज्ञ चिकित्सकको व्यवस्थागरी अस्पताल व्यवस्थापन सञ्चालनमा सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । तिलाठी कोइलाडीमा जित्तापुल बनाउन रु एक करोड बजेट विनियोजन भएर डिपिआरसमेत तयार भइसके पनि तीन वर्षसम्म पुलको टेण्डर प्रक्रिया अगाडि नबढेको भन्दै तत्काल पुल निर्माणको काम अगाडि बढाउन माग गर्नुभयो ।
स्थानीय तहलाई सुदृढ बनाउँदै शिक्षा र स्वास्थ्यलाई निःशुल्क गरिनुपर्ने धारणा राख्नुभयो । उहाँले शिक्षक आन्दोलनलाई तत्काल वार्ताका माध्यमबाट सम्बोधन गर्न अनुरोध गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बाथरुममा लडेर प्रचण्ड घाइते
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल