
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्वको र्याली तीनकुनेबाट एयरपोर्टतर्फ लागेको छ । पूर्वराजा शाह आज ३ बजे पोखराबाट काठमाडौँ फर्किँर्ने कार्यक्रम छ । उहाँको स्वागतका लागि राजावादीहरू विमानस्थलमा जम्मा भएर प्रदर्शन गरिरहेका छन् ।
प्रदर्शनकारीले राजतन्त्र पुनर्बहालीको पक्षमा नाराबाजी सहित प्रदर्शन गरिरहेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छिर्ने गोल्डेन गेट अगाडी पूर्वराजाका समर्थकहरुले प्रदर्शन गरिरहेका छन् ।
राजावादीहरूको संख्या बढ्दै गएपछि सम्भावित झडपको अवस्थालाई ध्यान राखेर सरकारले विमानस्थलसँगै नारायणहिटी दरबार र निर्मल निवासवरिपरि पनि सुरक्षा व्यवस्था कडा पारेको छ।
पोखराबाट काठमाडौँ फर्कन लागेका पूर्वराजा शाहलाई विमानस्थलमा नै पुगेर स्वागत गर्ने राजावादीहरूले तयारी गरेपछि सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने सबै सवारी प्रवेशमा रोक लगाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बाथरुममा लडेर प्रचण्ड घाइते
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल