
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको आगमनमा राजावादी पक्षहरूको स्वागतको आकार र सम्भावित झडपको अवस्थालाई ध्यान राखेर सरकारले विमानस्थलसँगै नारायणहिटी दरबार र निर्मल निवासवरिपरि पनि सुरक्षा व्यवस्था कडा पारेको छ।
पूर्वराजा ज्ञानेन्द्र शाह आज अपराह्न पोखराबाट काठमाडौँ आउने कार्यक्रम छ। उहाँले पोखरामै छँदा फागुन ७ गते आफूलाई साथ दिन सबैसँग आग्रह गर्नुभएको थियो ।
पूर्वराजाको सन्देशपछि आइतबार उहाँ काठमाडौँ आउन लाग्दा उहाँको स्वागतमा उत्रन राप्रपासहित राजावादी संगठनहरुले सबैसँग आह्वान गरेको थियो। राजसंस्था पक्षधरहरूको आन्दोलन चर्कँदै जाँदा काठमाडौँमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
नारायणहिटी दरबारभित्र र वरिपरि, ज्ञानेन्द्र शाहको निवास निर्मल निवास वरिपरि तथा विमानस्थलवरिपरि सुरक्षा व्यवस्था एकदमै कडा पारिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बाथरुममा लडेर प्रचण्ड घाइते
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल