
गण्डकी । सभामुख देवराज घिमिरेले जनताको मौलिक अधिकार खोस्ने गरी संसद्ले कानुन नबनाउने बताउनुभएको छ । प्रेस क्लब गण्डकीद्वारा आज पोखरामा आयोजित कार्यक्रममा उहाँले लामो समयको सङ्घर्षको जगमा लोकतन्त्र ल्याइएको भन्दै जनताको हित विपरीत कानुन संसद्ले नबनाउने स्पष्ट पार्नुभयो ।
लोकतान्त्रिक प्रणालीमा प्रेस स्वतन्त्रतालाई अङ्कुश लगाउने गरी कानुन नबन्ने सभामुख घिमिरेले उल्लेख गर्नुभयो । अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी संसद्ले कुनै कानुन नबनाउने बताउँदै उहाँले भन्नुभयो, “कानुनको अभावमा धेरै बेथिति बढेका छन्, बेथितिलाई नियन्त्रण गर्न कानुन बनाउने हो, जनताको मौलिक अधिकार खोस्ने गरी कानुन बनाउन सम्भव छैन ।”
गलत कुराहरूको प्रचार रोक्नका लागि कानुन आवश्यक भएको भन्दै उहाँले सामाजिक सञ्जालमा देखिएको विकृति, विसङ्गतिलाई नियन्त्रण र नियमन गर्न आवश्यक रहेकामा जोड दिनुभयो । त्यस्ता विकृतिलाई नियन्त्रण गर्न कानुन बनाउँदा व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताको हनन नहुने उहाँले स्पष्ट पार्नुभयो ।
पत्रकारिता क्षेत्रको काम समाचार लेख्ने र सम्प्रेषण गर्ने मात्र नभई हाम्रा प्राप्त उपलब्धिको रक्षा गर्ने, समाजका गतिविध सम्प्रषण गर्ने जिम्मेवारी पनि भएको सभामुख घिमिरेको भनाइ छ ।
नेपाल कम्युनिष्ट पार्टी ९एमाले० गण्डकी प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले लोकतन्त्र विरोधी गतिविधि बढिरहेको बताउँदै स्वतन्त्रताका नाममा छाडातन्त्र चलिरहेकोप्रति सबै गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिनिधिसभाका सांसद दामोदार वैरागीले सामाजिक सञ्जाल प्रयोग तथा नियमन गर्ने सम्बन्धमा बनेको विधेयक अभिव्यक्ति स्वतन्त्रता विरोधी नभएको धारणा राख्नुभयो । उहाँले बढ्दै गएको विकृति, विसङ्गतिलाई नियन्त्रण र नियमन गर्न उक्त विधेयक आवश्यक पर्ने धारणा राख्नुभयो ।
प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरीको सभापतित्वमा भएको कार्यक्रममा पत्रकार कृष्णमणि बराललाई रु ५० हजार, दोसल्ला र प्रमाणपत्रसहित प्रेस क्लब पत्रकारिता पुरस्कारबाट सभामुख देवराज घिमिरेले सम्मान गर्नुभएको थियो । उहाँलाई पत्रकारिताको माध्यमबाट पर्यापर्यटन, वातावरण र गिद्ध संरक्षणमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बाथरुममा लडेर प्रचण्ड घाइते
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल