
स्याङ्जा । त्रिचालीसौँ राष्ट्रिय मगर एकता दिवसका अवसरमा यहाँका आठ स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।
एघार पालिका रहेको जिल्लाका आठ पालिकाले आज सार्वजनिक बिदा दिएका हुन् । जिल्लाका पाँच नगरपालिका र तीन गाउँपालिकाले बिदा दिएका हुन् । वालिङ, पुतलीबजार, गल्याङ, चापाकोट, भीरकोट नगरपालिका तथा कालीगण्डकी, बिरुवा र हरिनास गाउँपालिकाले सूचना प्रकाशित गरी सार्वजनिक बिदा दिएका हुन् ।
मगर समुदायको बाहुल्यता रहेका ती स्थानीय तहले छुट्टाछुट्टै सूचना प्रकाशित गरी सार्वजनिक बिदा दिएका हुन् । चाडपर्व तथा मगर भाषा कला संस्कृति संरक्षणका लागि स्थानीय तहहरूले आफू मातहतका वडा कार्यालय, विद्यालय, सङ्घ संस्था, स्वास्थ्य संस्थामा सार्वजनिक बिदा दिइएको जनाएका छन् ।
जिल्लाका विभिन्न स्थानीय तहहरूमा रहेका मगर सङ्घ संस्थाले राष्ट्रिय मगर एकता दिवसमा औपचारिक तथा अनौपचारिक कार्यक्रम गरी मनाउँदै आएका छन् । सार्वजनिक बिदा दिएका पालिकामा मगर समुदायको बसोबास धेरै रहेको छ । मगर समुदायको बसोबास धेरै भएका स्थानीय तहहरूले सरकारी कामकाजको भाषाको रुपमा समेत मगर भाषाको प्रयोग गर्ने क्रम अगाडि बढेको छ ।
राष्ट्रिय मगर एकता दिवसका अवसरमा बिहीबार मगर सङ्घ संस्थाले मगर वेशभूषा, कला संस्कृति, झाँकीको प्रदर्शनीलगायतका मैत्रीपूर्ण खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आइरहेका छन् ।
विसं २०३९ साल फागुन १५ गतेलाई पहिलो स्थापना दिवस मानेर त्यसैको आधारमा यसपटक ४३ औँ मगर राष्ट्रिय एकता दिवसको रुपमा मनाउन लागेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बाथरुममा लडेर प्रचण्ड घाइते
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल