
बनियानी । बिर्तामोड नगरपालिका–३ स्थित मदरसा तालिमुल कुरान आधारभूत विद्यालयमा शिक्षक र कर्मचारी सबै महिला छन् ।
महिला घरबाट निस्किनु हुँदैन भन्ने मुस्लिम समुदायमा रहेको सोचलाई चिर्दै यस विद्यालयमा कार्यालय सहयोगीदेखि प्रधानाध्यापकसम्म सबै महिला रहेको विद्यालयकी प्रधानाध्यापक अन्जुम खातुनले जानकारी दिनुभयो । विपन्न समुदायका विद्यार्थी अध्ययनरत मदरसा तालिमुल कुरान आवासीय माध्यमिक विद्यालयमा १४ जना शिक्षक र कर्मचारी कार्यरत छन्
बाल विकासदेखि कक्षा ६ सम्म पठनपाठन हुने आविमा सरकारले तोकेबमोजिमको पाठ्यक्रमअनुसार पठनपाठन हुन्छ । अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुने यस विद्यालयमा ७३ छात्रा र ८१ छात्र गरी एक सय ५४ जना विद्यार्थी अध्ययनरत छन् ।
‘विद्यालयमा अन्य समुदायका छ जना बालिबालिकाले पढिरहेका छन्’ प्रधानाध्यपक खातुनले भन्नुभयो, ‘मुस्लिम समुदायका विद्यार्थीले उर्दु र अरबी अनिवार्य गरिएको छ, अन्य समुदायका विद्यार्थीलाई यी दुई विषयको सट्टा कम्प्युटर र अन्य विषय पढाइ हुने गरेको छ ।’
‘धार्मिक विद्यालय भए पनि सामुदायिक विद्यालयसरह सञ्चालन गरिरहेका छौँ’ विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष अफरोज खानले भन्नुभयो– ‘महिला बाहिर निस्किनु हुँदैन भन्ने मान्यतालाई चिरेर विद्यालयमा शिक्षक–कर्मचारी सबै महिला राखिएको छ ।’
हाल विद्यालय अहिले बिर्तामोड–३ बिर्ताबजारस्थित महस्जितको भवनमा सञ्चालित छ । त्यहाँ पर्याप्त कक्षाकोठा छैनन भने खेल मैदानको पनि अभाव छ ।
विद्यालय सञ्चालन गर्न वार्षिक २६ लाख ५५ हजार ६ सय रुपैयाँ खर्च हुने गरे पनि २३ लाख ५० हजार रुपैयाँको मात्र स्रोत जुटेको अध्यक्ष खानले बताउनुभयो । ‘शिक्षकलाई तीन महिनाको तलब दिन समस्या छ’ उहाँले भन्नुभयो ।
मदरसा विद्यालय सञ्चालनका लागि सङ्घीय सरकारबाट वार्षिक हाल आठ लाख, बिर्तामोड नगरबाट सात लाख, कोशी प्रदेश सरकारबाट एक लाख ५० हजार, बिर्तामोड–३ वडा कार्यालयबाट एक लाख र अभिभावकबाट करिब ६ लाख रुपैयाँ सहयोग प्राप्त हुँदै आएको छ । मदरसामा कक्षा थप गरी कक्षा–१२ सम्म निःशुल्क गराउने लक्ष्य रहेको अध्यक्ष खानले बताउनुभयो ।
यसैबीच, जग्गा खरिदका लागि आर्थिक सहयोग गरिदिन विद्यालयले अनुरोध गरेको छ । विद्यालयले एनआईसी एशिया बैंकमा रहेको विद्यालयको खाता नम्बर ‘२४६४१५०१०८८४२००२’ मा रकम दाखिला गर्न आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन