
काठमाडौँ । ठेक्का लिएर समयमै निर्माणकार्य सम्पन्न नगर्ने २२ वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निकायको सिफारिसमा एकैपटक २२ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो।
सडक डिभिजन कार्यालय दमौलीले सिफारिस गरेअनुसार ८ निर्माण कम्पनी कालो सूचीमा परेका छन्।
ललितपुरको देवी रमण कन्स्ट्रक्सन कम्पनी प्रा.लि, बन्दीपुरको खड्गदेवी कन्स्ट्रक्सन, बन्दीपुरकै खड्गदेवी कन्स्ट्रक्सन, भिमादको आयुष एन्ड अनुष कन्स्ट्रक्सन, गोरखाको अनुपमा निर्माण सेवा, गोरखाकै अन्नपूर्ण निर्माण सेवा र लक्ष्मी कन्स्ट्रक्सन र कास्कीको त्रिवेणी निर्माण सेवा सडक डिभिजन कार्यालय दमौलीले सिफारिस गरे अनुसार कालोसूचीमा राखिएको हो ।
अन्य जिल्लाका विभिन्न निकायहरूले नाम पठाए अनुसार विभिन्न निर्माण कम्पनीहरूलाई साढे १ वर्षदेखि ३ वर्षदेखि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ।
यी हुन् कालोसूचीमा परेका कम्पनीहरु
१ लोहनी एन्ड ब्रदर्स प्रा. लि, भरतपुर,चितवन
२ जे. के. विल्डर्स, कोहलपुर बाँके
३ सर्मिला निर्माण सेवा, सान्नी त्रिवेणी, कालीकोट
४ओम गौरीशंकर इन्फास्ट्रक्चर प्रा. लि, कीर्तिपुर, काठमाडौँ
५देवी रमण कन्स्ट्रक्सन प्रा. लि, सातदोवाटो, ललितपुर
६ खड्गदेवि कम्स्ट्रक्सन प्रा. लि, बन्दिपुर, तनहुँ
७ गजुरमुखी निर्माण कम्पनी प्रा. लि, इलाम
८ नव निर्माण बिल्डर्स प्रा. लि, धनुषा
९ एस.बि.एम. इन्जिनियरिङग एसोसिएट्स, काठमाडौँ
१० खड्गदेवि कन्स्ट्रक्सन, बन्दिलपुर, तनहुँ
११ श्री शिवालाय विल्डर्स, हेटौंडा, मकवानपुर
१२ न्यू नेहा इन्टरप्राइजेज, काठमाडौँ
१३ बेहडाबाबा निर्माण सेवा, धनगढी, कैलाली
१४ पाँचखाल कन्स्ट्रक्सन प्रा लि, काठमाडौँ
१५ न्यू भेरी इन्जिनियरिङग वर्कसप, बीरेन्द्रनगर सूर्खेत
१६ आयुष एण्ड अनुष कन्स्ट्रक्सन एण्ड सप्लायर्स, भिमाद, तनहुँ
१७ खड्गदेखि कन्स्ट्रक्सन, बन्दिपुर तनहुँ
१८ अनुपमा निर्माण सेवा, गोरखा
१९ अन्नपूर्ण निर्माण सेवा, गोरखा
२० लक्ष्मी कन्स्ट्रक्सन, गोरखा
२१ शारदा कन्स्ट्रक्सन कम्पनी, वीरगन्ज, पर्सा
२२ त्रिवेणी निर्माण सेवा, कास्की
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा