
पाँचथर । पाँचथरको फालेलुङ २ जोरपाटिका मानबहादुर गुरागाईले शनिबार आफ्नी श्रीमतीलाई खुकुरी प्रहार गरी सख्त घाइते बनाइ आत्महत्या गरेका छन् ।
४० वर्षीय गुरागाईले ३६ वर्षीय श्रीमती बिमला गुरागाईलाई खुकुरी प्रहार गरेर घाइते बनाएका हुन् । गुरागाईलाई खोज्ने क्रममा नजिकैको जंगलमा आइतबार झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार घाइते बिमलाको टाउको र बायाँहातमा चोट लागेको छ ।घाइतेको जिल्ला अस्पताल पाँचथरमा उपाचार हुन नसके पछि थप उपचारकोलागी झापा स्थित बिएण्डसि लगिएको प्रहरीले जनाएको छ । घटना बारे प्रहरी थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा