
चितवन । स्वतन्त्रता सेनानी स्वर्गीय तिलकप्रसाद सापकोटाको स्मृतिमा ३५ जना अनाथ बालिकालाई भोजन गराइएको छ ।
प्रजातन्त्र दिवसको अवसरमा आज भरतपुर महानगरपालिका–१ देवघाट चितवनमा रहेको श्रीरामजानकी आश्रमका ३५ जना बालिकालाई भोजन गराइएको हो ।
तिलक सापकोटा प्रतिष्ठान नेपाल गैँडाकोट–८ नवलपुरको आयोजनामा आश्रमका आश्रित बालिकालाई मिष्ठान्न भोजन खुवाइएको हो ।
त्यस अवसरमा स्वर्गीय सापकोटाकी धर्मपत्नी दुर्गादेवी सापकोटा, छोरा विश्व सापकोटा, गैँडाकोटस्थित विजय सामुदायिक एफएमका अध्यक्ष त्रिलोचन सापकोटा, कालिका संस्कृत विद्यापीठका लेखा अधिकृत बेलबहादुर दराई र कमल कँडेल लगायतको सहभागिता थियो ।
उहाँहरूलाई आश्रमका बालिकाले स्वस्ती वाचन गरी स्वागत गरेका थिए । प्रतिष्ठानले थुप्रै सामाजिक तथा परापकारी काम गर्दै आइरहेकाले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने स्वर्गीय सापकोटाका छोरा विश्वले जानकारी दिनुभयो ।
शिक्षा, स्वास्थ्य, संस्कृति लगायत क्षेत्रमा विशेष गरी प्रतिष्ठानले सहयोगकारी भूमिका निर्वाह गर्दै आएको उहाँले बताउनुभयो । पिताले समाजका पुर्याउनुभएको योगदानलाई जीवन्त राख्नका लागि प्रतिष्ठानले सहयोगकारी भूमिका खेल्दै आएको उहाँले उल्लेख गर्नुभयो ।
कालिका संस्कृत विद्यापीठका लेखा अधिकृत दराईले स्वर्गीय सापकोटाले समाजका लागि दिनुभएको योगदानको चर्चा गर्दै उहाँ समाजमा सकारात्मक रुपान्तरणका शिखर व्यक्तित्वका रूपमा रहनुभएको स्मरण गर्नुभयो ।
सादगी र सरल स्वभावका स्वर्गीय सापकोटाले प्रजातन्त्र र स्वतन्त्रताको आन्दोलनका साथै त्यसका लागि आवश्यक पर्ने राजनीतिक र नागरिक सङ्गठन निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।
आफ्नो गाउँ–ठाउँको सामाजिक र राजनीतिक चेतना विस्तारमा एक अभियन्ताका रूपमा परिचित स्वर्गीय सापकोटाले शुरुमा बाग्लुङ र त्यसपछि नवलपरासी केन्द्रमा रहेर नेपाली कांग्रेसको राजनीतिसँगै सामाजिक विकास, सुधार र सामाजिक रुपान्तरणमा प्रभावकारी भूमिका निर्वाह गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बाथरुममा लडेर प्रचण्ड घाइते
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल