
काठमाडौँ । आइसिसी यू-१९ विश्वकपको समुह चरणमा अफगानिस्तानविरूद्ध १ विकेटको रोमाञ्चक जित निकाल्दै सुपर -६ मा प्रदेश गरेको नेपालले समूह ए बाट सुपर-६ मा प्रवेस गरेका भारत र पाकिस्तानको सामना गर्दैछ । सुपर-६ मा नेपालले पहिलो खेलमा बंगलादेशसँग बुधबार र दोस्रो खेलमा भारतसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ।
आइसिसीले यसपटकदेखि यू-१९ विश्वकपमा सुपर-६ को नियम ल्याएको हो। जसअनुसार चार समूहका शीर्ष तीन टिमले सुपर-६ मा स्थान बनाउनेछन्। सुपर-६ मा जाने १२ टिमलाई २ समूहमा प्रतिस्पर्धा गराइने छ ।
सुपर-६ को समूह १ मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, बंगलादेश, नेपाल र आयरल्यान्डबीच प्रतिस्पर्धा हुनेछन। पाकिस्तान, न्युजिल्यान्ड र नेपाल समूह डी बाट तथा भारत, बंगलादेश र आयरल्यान्ड समूह ए बाट सुपर ६ मा पुगेका हुन्।
अब सुपर-६ मा प्रत्येक टिमले दुई दुई वटा खेल खेल्नेछन्। समूह चरणमा प्रतिस्पर्धा गरेका टिमसँग सुपर-६ मा प्रतिस्पर्धा हुनेछैन। जसअनुसार अब नेपालले सुपर-६ को समूह १ मा रहेका पाकिस्तान र न्युजिल्यान्डसँग खेल्नेछैन। अर्को समूहबाट आएका दुई टिमसँग मात्र खेल्न पाउने प्रावधानअनुसार नेपालले सुपर-६ मा भारत र बंगलादेशसँग खेल्ने लागेको हो।
आफूले समुह चरणमा पराजित गरेको टिम सुपर-६ मा पुगेको अवस्थामा स्वतः अंक जोडिनेछ। त्यसैले पाकिस्तानको सुपर-६ मा ४ अंक भइसकेको छ। किनभने समूह चरणमा पराजित गरेको न्युजिल्यान्ड र नेपाल सुपर-६ मा पुगेका छन्। नेपालको भने सुपर-६ मा अंक छैन। किनभने नेपालले समूहमा प्रतिस्पर्धा गरेका पाकिस्तान र न्युजिल्यान्डसँग हार बेहोरेको थियो।
सुपर-६ मा सबै टिमले दुई-दुई खेल खेलेपछि शीर्ष दुईमा पर्ने टिमहरु सेमिफाइनलमा पुग्नेछन्।
सुपर ६ बाट नेपालको सेमिफाइनल पुग्ने सम्भवना निकै कठिन छ। किनभने नेपालले शीर्ष दुईमा पर्न भारत र बंगलादेश दुवै टिमलाई हराएर मात्र पुग्दैन अरु टिमको नजितामा भर पर्नुपर्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा