
लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा प्रत्येक वर्ष हुने कुलपुत्र प्रवज्या (अल्पकालीन भिक्षु) कार्यक्रम र चौथौ लुम्बिनी अन्तर्राष्ट्रिय त्रिपिटक पाठ समारोह फागुन १४ गतेदेखि हुनेभएको छ ।
अखिल नेपाल भिक्षु महासङ्घ, थाई भिक्षु महासङ्घ र लुम्बिनी विकास कोषको संयुक्त आयोजनामा फागनु १४ गतेदेखि चैत ३ गतेसम्म पाँच सय जनाको बृहत् श्रामणेर कुलपुत्र प्रवज्या (अल्पकालीन भिक्षु) हुने जनाइएको छ । यसैगरी अखिल नेपाल भिक्षु महासङ्घको आयोजनामा फागुन २० देखि २५ गतेसम्म चौथो लुम्बिनी अन्तरराष्ट्रिय त्रिपिटक पाठ समारोह हुनेछ ।
त्रिपिटक वाचन समारोहमा महास्थविर, भिक्षु भिक्षुणी, उपासक–उपासिकासहित अल्पकालीन श्रामणेरहरुको सहभागिता रहने आयोजकले जनाएको छ । चौथो अन्तरराष्ट्रिय त्रिपिटक पाठमा सुत्रपिटक, विनयपिटक, अभिधर्मपिटकको देशना गरिने आयोजकको भनाइ छ ।
गत वर्षझैँ यसवर्ष पनि दुई ठूला कार्यक्रम हुन लागेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिनुभयो । उहाँले फागुन १४ देखि चैत ३ गतेसम्म हुने कार्यक्रमबाट बुद्धका उपदेशहरुलाई व्यवहारिक रुपमा ग्रहण गर्न पाउने भएकाले यसबाट लाभ लिन आग्रह गर्नुभयो ।
यसैगरी फागुन १४ गतेसम्म अल्पकालीन भिक्षु बन्न चाहनेहरुले नाम दर्ता गराउन सक्ने अखिल नेपाल भिक्षु महासङ्घले जनाएको छ । भिक्षु तेछावरले पाँच सय जनाको प्रवज्या कुलपुत्रको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । भगवान बुद्धको शिक्षा अनुसरण गर्ने पवित्र प्रवज्यामा सहभागी भएर लाभ लिन विशेष गरी स्थानीयलाई भिक्षु तेछावरको आग्रह छ ।
बुद्धका उपदेशलाई व्यवहारमा पालना गर्न प्रवज्या कुलपुत्र कार्यक्रम राखिएको हो । फागनु २० गते प्रवज्या, २२ गते लुम्बिनी हलमा भिक्षाटन, २४ गते दीप प्रज्ज्वलन, चैत २ गते देवदह, बुटवल, रामग्रामसम्म धम्मयात्रा गराइ चैत ३ गते प्रमाणपत्र वितरण गरी समापन गर्ने गरी कार्यतालिका छ ।
प्रमाणपत्र वितरणपछि चैत ४ र ५ गते विभिन्न नगरमा भिक्षाटन गराइने आयोजकले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री
- डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न ६ विदेशीसहित ५२ जना पक्राउ
- गायिका एलिनालाई अभद्र कमेन्ट गरेको आरोपमा एक जना पक्राउ
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री