
नवलपरासी । नवलपरासीमा रहेको बर्दघाट नगरपालिकाले आफ्नो छुट्टै नगर गान बनाउने काम शुरु गरेको छ ।
आफ्नो पहिचान झल्कने गरी नगर गान निर्माण गर्ने कार्य अघि बढाइएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिनुभएको छ । उहाँले नगरको भौगोलिक अवस्था, सामाजिक र सांस्कृतिक पहिचान हुने गरी नगर गान निर्माण गर्न थालिएको बताउनुभयो । नगर गानको सिफारिसका लागि नगरले बर्दघाट प्रज्ञा प्रतिष्ठानलाई जिम्मा दिएको छ ।
प्रतिष्ठानले नगर गानको मूल्याङ्कन र सिफारिसका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । प्रतिष्ठानका कूलपति डा घनश्याम न्यौपाने संयोजक रहेको समितिमा प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल, प्रतिष्ठानका सदस्य सचिव शरद पौडेल तथा दुईजना सङ्गीतकार सदस्यका रूपमा रहनुभएको छ । संयोजक न्यौपानेका अनुसार नगर गानका लागि प्रज्ञा प्रतिष्ठानले काम अगाडि बढाएको छ ।
प्रतिष्ठानले विद्यार्थी, शिक्षक– शिक्षिका तथा अन्य सर्जकहरूलाई नगर गान निर्माणका लागि आह्वान गर्ने र उत्कृष्ट नगर गानलाई सिफारिस गर्ने न्यौपानेले बताउनुभयो ।
नवलपरासीमा रहेका सातवटा स्थानीय तहमध्ये यहाँ हालसम्म कुनैले पनि आफ्नै पालिका गान तयार गरेको छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- विदेशमा रहेका नेपालीलाई पनि मतदान सम्भव बनाउनैपर्छ : गृहमन्त्री अर्याल
- प्रधानमन्त्री कार्की भारतीय समकक्षी मोदीबीच २० मिनेट वार्ता
- चिनियाँ राजदूतद्वारा प्रधानमन्त्री कार्कीलाई बधाई
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग