+

स्काभेटरसहित कर्णाली नदीमा फसेका ३ जनाको चार घण्टापछि उद्धार

बाजुरा । बाजुरा र मुगुको बीचमा पर्ने कणाली नदीमा स्काभेटरसहित फसेका तीन जनाको प्रहरीले उद्धार गरेको छ । स्काभेटरलाई नदी तार्ने क्रममा कर्णालीमा फसेका उनीहरुलाई करिव चार घण्टापछि प्रहरीले उद्धार गरी हिमाली गाउँपालिका ल्याइएको प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले बताउनुभयो ।


मुगुको खत्याड गाउँपालिकाबाट बाजुराको हिमाली गाउँपालिकातर्फ आउँदै गरेको स्काभेटरसहित कर्णालीमा  फसेका तीनजनाको धुलाचौर प्रहरी चौकीको टालीले ढुङ्गाको  सहायताले सकुशल उद्धार गरेको प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिनुभयो । 

मुगुको खत्याडबाट हिमाली गाउँपालिका हुँदै हुम्ला जान लागेका कनका सुन्दरी गाउँपालिका–७ का २५ वर्षीय सूर्यबहादुर पछाई, २३ वर्षीया नानु पछाई  र १९ वर्षीय राजेन्द्र वडको उद्धार गरिएको हो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट