+

‘नो केबलकार समूह’सँग आजको वार्ता भाँडियो, भोलि गृहमन्त्रीले वार्ता गर्ने

काठमाडौँ । पाथीभरामा निर्माणाधीन केबलकारको विपक्षमा रहेका आन्दोलनरत पक्षसँग भोलि सरकारले वार्ता गर्ने भएको छ । आन्दोलनरत पक्ष र सरकारका प्रतिनिधिबीच आज तय भएको वार्ता भाँडिएको थियो ।


आन्दोलनरत पक्षले राजनीतिक विवाद भएकाले आफूहरु मन्त्रीस्तरीय या उच्च राजनीतिक संयन्त्रसँगमात्रै वार्तामा बस्ने भन्दै छलफलबाट हिँडे पछि आजको वार्ता भाडिएको थियो । 

आन्दोलनरत पक्षले आज साँझसम्मको समय दिएर मन्त्रीस्तरीय या उच्च राजनीतिक वार्ता टोली नबनाए भोलिदेखि आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने तयारी गरेका थिए । 

भोलिदेखि कोशी प्रदेश पुनः असान्त हुने देखिएपछि नेकपा एमाले सांसद योगेश भट्टराईको पहलमा भोलि साँझ ६ बजे नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले ‘नो केबलकार समूह’सँग वार्ता गर्ने तय भएको हो । 


नेता भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्नुभएको छ,  ‘वहाँहरूले माननीय गृह मन्त्रीज्यू समक्ष भेटेर आफ्ना कुरा राख्न चाहनु भएको र त्यसको समन्वयका लागि मलाई अनुरोध गर्नु भए अनुरूप मैले गृह मन्त्रीज्यूलाई अनुरोध गरें । माननीय गृह मन्त्रीज्यूले भोलि माघ २८ गते साँझ ६ बजे भेटघाटको समय दिनुभएको जानकारी गराउँदछु ।’

आन्दोलनरत पक्षलाई सरकारले तोकेको वार्ता समितिसँग छलफललाई निरन्तरता दिएर वार्ता मार्फत् समस्याको समाधान गर्न समेत उहाँले अनुरोध गर्नुभएको छ । 

आन्दोलनरत पक्ष र सरकारबीच माघ २५ गते आज विस्तृत बैठक बस्नेसहित ६ बुँदे सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट