+

नेपाल समाजवादी पार्टीको प्रथम महाधिवेशन शुरु

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशन शुरु भएको छ। काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज मध्याह्न महाधिवेशनको उद्घाटन सत्र शुरू भएको हो।


नेसपा (नयाँ शक्ति) को महाधिवेशनमा करिब एक हजार पाँच सय प्रतिनिधि सहभागी छन्। महाधिवेशन उद्घाटन समारोहमा अन्य दलहरूलाई पनि निम्त्याइएको छ।

महाधिवेशनमा रास्वपा कार्यवाहक सभापति डिपी अर्याल, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी, विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटालगायत उपस्थित छन्।

महाधिवेशनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरुलाई भने बोलाइएको छैन । 

नेसपा (नयाँ शक्ति) को महाधिवेशनमा अध्यक्ष पदमा बाबुराम भट्टराई र नेत्र चापागाईंलगायतले उम्मेदवारी दिने तयारी गर्नुभएको छ । पार्टीले सकेसम्म सबै पदमा प्रतिस्पर्धाबाट नेतृत्व चुन्ने तयारी गरेको छ। जारी महाधिवेशन माघ २९ गतेसम्म चल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट