+

नेपाल समाजवादीको महाधिवेशन आइतबारदेखि

काठमाडौँ । डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को पहिलो महाधिवेशन आइतबारदेखि हुँदैछ । महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको नेपाल समाजवादीले जनाएको छ ।


नेपाल प्रज्ञा–प्रतिष्ठानमा माघ २७ देखि २९ गतेसम्म हुने महाअधिवेशनमा  एक हजार पाँच समय प्रतिनिधिले भाग लिने  व्यवस्थापन समितिका संयोजक हिसिला यमीले जानकारी दिनुभएको छ । 

पार्टीद्वारा आज  आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पार्टीले राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो तुल्याउँदै पार्टी सुदृढीकरण, असल राजनीतिक अभ्यास, संविधानको मर्मअनुरुप समावेशी चरित्रको सङ्गठन निर्माणलाई प्राथमिकता दिनेछ ।

साथै महाधिवेशनमार्फत ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिने छ । नयाँ शक्तिले मुलुकका अग्रगामी, वैकल्पिक र परिवर्तनकारी राजनीतिक शक्तिसँग सहकार्यको सम्भावना रहेको जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट