
म्याग्दी । सदरमुकाम बेनी बजारमा भएको हत्या घटनामा संलग्न चार जना पक्राउ परेका छन् ।
बेनी नगरपालिका–८ पिपलचोक बस्ने रघुगङ्गा गाउँपालिका–१ बेगका २२ वर्षीय सुशील गर्बुजाको बिहीबार साँझ बेनीको न्यूरोडमा चक्कु प्रहार गरी हत्या गरिएको थियो । घटनामा संलग्नताको आरोपमा पक्राउ परेकाको विवरण प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो ।
हत्यामा संलग्न धवलागिरि गाउँपालिका–४ का अमृत पुर्जा, शङ्कर घर्ती, रघुगङ्गा–७ का १९ वर्षीय उत्सव पुन र मङ्गला गाउँपालिका–२ का २३ वर्षीय जीवन जिसीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कुमार गुरुङले जानकारी दिनुभयो ।
ज्यानसम्बन्धी कसुर÷मुद्दा शीर्षकअन्तर्गत जिल्ला अदालतबाट बिहीबारदेखि पाँच दिनको म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको छ । प्रहरी नायब उपरीक्षक मदन कुँवरका अनुसार छातीमा चक्कु प्रहार गरेर सख्त घाइते बनाइएका गर्बुजालाई उपचारका क्रममा बेनी अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा