
पोखरा । बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी भएको छ ।
मेयर नेपालीविरुद्ध बागलुङ र पोखरामा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरी फरार रहेको कारण रेड कर्नर नोटिस जारी भएको हो ।
इमेज सहकारीमा बचतकर्ताको करिब २ अर्ब रुपैयाँ हिनामिना भएको छ । बचतकर्ताको रकम हिनामिनाको कारण प्रकाउ पुर्जी जारी भएपछि मेयर नेपाली गएको जेठ ५ गतेबाट फरार छन् । मेयर नेपालीलाई पक्राउ गर्न रेड कर्नर नोटिस जारी भएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता भीमप्रसाद ढकालले जानकारी दिनुभएको छ ।
सहकारीका कार्यवाहक अध्यक्ष डोरबहादुर परियारसहित ५ जना पुर्पक्षका लागि थुनामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा