
सञ्जय पन्थी
काठमाडौँ । महात्मा गान्धी जीवनका अन्तिम दिन साह्रै निराश हुन पुगेका थिए । दैनिक बिहान र साँझ प्राथना गर्थे । प्राथनापछिको व्याख्यानमा आफ्नो मृत्युको पुकारा गरिरहन्थे । कारण, देशमा स्वतन्त्रतापछिको बर्बरताको साक्षी बन्नु पर्दा उनी दुःखी थिए । हिन्दू र मुस्लिम समुदायबीच द्वन्द्व चलिरहेको थियो । भारत अशान्त थियो । राजनीतिमा आफैंले विश्वास गरेका व्यक्ति शासक थिए तर उनको विचारको सुनुवाइ भइरहेको थिएन ।
गान्धीको जीवनमा २४ वर्षसँगै व्यतीत गरेका स्व नारायणभाइ देसाईका अनुसार गान्धीको जीवनको अन्तिम आमरण अनशन १३ जनवरी १९४८ मा बिहान ११ः५५ बजे बिडला हाउस दिल्लीमा भएको थियो । त्यसो त जातीय दङ्गा र विभाजनले अक्रान्त तत्कालीन भारतमा समाधानका अथक सूत्र उनी साबित थिए । त्यसैले उनले जनवरी १२ मा नै आफ्नो अनशन घोषणा गरे, दिल्लीमा हिंसा नरोकिएका भन्दै शान्तिका लागि उनी अनशन बसेका थिए । उनले भनेका थिए– मेरा सबै अपिल व्यर्थ साबित भएका छन् । मलाई डर छ कतै यो हिंसा विस्फोट हुने त हैन । त्यसैले भोलि बिहानदेखि मेरो अनिश्चितकालीन अनशन शुरु हुनेछ । म अहिंस्रक व्यक्ति हुँ र अहिंस्रक व्यक्ति असहाय हुन सक्दैन, उसले हार स्वीकार गर्न सक्दैन र त्यसैले म आफूलाई क्रूसमा अर्पण गर्दैछु । म अहिंसाको साधक भएकाले ममा कुनै कमी छ कि भनेर परीक्षण गर्नको लागि पनि मैले यो साधना गर्नुपर्छ ।
गान्धीजीको अनशनको दिन, बिडला हाउसमा भारतीय र विदेशी पत्रकारको यति ठूलो भीड थियो कि त्यस अनशनले एउटा नयाँ आयाम थियो, जुन उनको कलकत्ता अनशनमा त्यति व्यापक थिएन । पत्रकार छक्क परे किन गान्धीजीले अचानक एक दिन अगाडि नै यो उपवास किन घोषणा गरे रु केही मानिस भन्दै थिए कि गान्धीजीले मुस्लिमका लागि यो अनशन गरे, केही मानिस भन्दै थिए, कि गान्धीजीले पाकिस्तानले आफ्नो ५५ करोड रूपैयाँ दिलाउन । तर बिडला भवनको आँगनमा घाम तापेर सुतिरहेका ७८ वर्षीय गान्धीका लागि यी कुरा सामान्य थिए । गान्धीजीलाई देशवासीको पीडा राम्ररी जानकारी थियो र सायद त्यसैले उनले हिंसा विस्फोटको खतरा महसुस गरेका थिए । हिंसालाई नजिकबाट उनले नियालिरहेका थिए । उनले आफ्नो ज्यान बलिदान दिएर भए पनि यो देश र दिल्ली बचाउनु पर्छ भन्ने महशुस गरे ।
गान्धीको अनशन उनको अन्तःस्करणको आवाज थियो, केबल उनले मात्र महशुस गरे । हिंसाको ज्वालामा उनले घोर अन्धकार महसुश गर्दैं उनले त्यस्तो निर्णय गर्नुपरेको थियो । त्यसो त उनले सधैँ आफ्नो उपवासको कारण सार्वजनिक गर्थे । उनले आफैंँले त्यो व्रतका शर्तहरू तय गरे र जनतासामु राखे । उनले यसलाई आत्मनिरीक्षण वा आत्मशुद्धिको सबैभन्दा ठूलो माध्यम बनाए । ७८ वर्षीय बृद्ध गान्धी १३ जनवरी १९४८ देखि १८ जनवरी १९४८ सम्म दिल्लीमा आमरण अनशन बसे । त्यसले हङ्गामा नै मच्चियो । १९४८ मा आफ्नो अन्तिम आमरण अनशनमा गान्धीले सम्पूर्ण विश्वलाई दिएको स्पष्ट सन्देश यो थियो कि ‘आत्मविश्वासले भरिएको व्यक्ति कहिल्यै डराउँदैन ।’ त्यसैगरी, आत्मविश्वासले भरिएको देश पनि डराउँदैन । गान्धीका उपवासको बारेमा विश्वभर व्यापक अनुसन्धान भएको छ र भइरहेको छ ।
अनि जो डराउँदैन, उसको मनमा कसैप्रति घृणा हुँदैन । डर कमजोरीको सङ्केत हो । नैतिक आत्मविश्वासको कमीबाट डर उत्पन्न हुन्छ । स्वर्गीय नारायणभाई देसाईका अनुसार गान्धीको अन्तिम उपवासलाई केही मानिसले जे सुकै भनुन्, तर सारा संसारले यो विश्वास गर्छ कि गान्धीको अन्तिम उपवासले देशलाई अराजकताको आगोबाट बचाएको थियो । गान्धीले जस्तै उपवास बस्नु सबैको वशको विषय र शक्ति हुँदैन । उपवास बस्नको लागि, व्यक्तिले आफ्ना विश्वासजनबाट अधिकार प्राप्त गर्नुपर्छस त्यसको लागि, व्यक्तिले आफ्नो सम्पूर्ण जीवन मानिसहो सुख–दुःखमा समर्पित गर्नुपर्छ । स्वतन्त्रतापछि कुनै पनि नेताले त्यसो गर्न सक्दैनथ्यो र गरेनन् पनि ।
गान्धी शान्ति प्रतिष्ठान दिल्लीका अध्यक्ष कुमार प्रशान्तले, गान्धी आफ्नो हत्या हुनुभन्दा एक वा दुई दिन अघि उनले अर्को कठिन काम गर्ने सोचिरहेको घटना सुनाउँछन् । उनी चाहँदैनथे कि भारतको छिमेकमा सधैँको लागि स्थायी शत्रु रहोस् । त्यसकारण, तिनीहरूले मारिएका र पाकिस्तानबाट धपाइएका हिन्दू र सिखहरूलाई फिर्ता लिनेछन्, र मारिएका र यहाँबाट धपाइएका मुस्लिमलाई पाकिस्तानबाट फिर्ता ल्याउनेछन् । त्यसैले उनले सुशीला नायरलाई जिन्नाहकहाँ पठाएका थिए । शर्त थियो, कि उनी हिन्दू र सिखहरूसँग पासपोर्ट र भिसाबिना पाकिस्तान आउन चाहन्छन् । यदि जिन्नालाई यो गलत र गैरकानुनी लाग्यो भने उनले उनलाई पक्राउ गरेर जेल हाल्न सक्थे । जब सुशीला नायर जिन्नाह कहाँ पुगिन्, जिन्नाह त्यस बखत भनेका थिए, तिमी गिरफ्तारीको कुरा गर्छौ, गान्धी पाकिस्तानमा जतिबेला पनि जहाँ चाहन्छन् त्यहाँ आउन वा जान सक्नेछन् । तर म अनुरोध गर्दछु कि यहाँ गान्धीजीको सुरक्षाको जिम्मेवारी पाकिस्तान प्रहरीले लिनुपर्छ किनभने यदि पाकिस्तानमा गान्धीजीलाई केही भयो भने पाकिस्तानको नाम नक्साबाट मेटिनेछ । दुर्भाग्यवश गान्धीले यो गर्नु परेन । तर पाकिस्तान भारतका लागि सधैँको लागि समस्या बन्यो । आज पनि भारतमा गान्धी जस्तैं– बन्ने चाहना र आकांक्षी देखिन्छन् तर कोही उपवास बस्यो भने पनि केही हुदैनस त्यो अवस्था पनि छैन ।
गान्धीको जतिसुकै विरोध गरे पनि आज कतिपय व्यक्ति गान्धी बन्ने चाहना राख्ने छन् र त्यस्तो चाहना राख्ने सधैँ रहनेछन् । उनी हाम्रो सबैभन्दा ठूलो आदर्श हुन् । सम्पूर्ण संसारको लागि एक आदर्श साबित छन् । यसमा विश्वका लागि हरेक नेताले आफूलाई उनीसँग तुलना गर्छन् । गान्धी वर्तमान भारतसँग जोडिएका र कहिल्यै विस्मृत नहुने पात्र हुन् । हामी विश्वास गर्न सक्दैनौं कि मोहनदास गान्धी १९४७ भन्दा पहिले अस्तित्वमा थिए वा आज ।
त्यसदिन पनि गान्धीको नित्य प्रार्थनाको समय साँझ ५ बजे थियो । तर त्यस दिन गृहमन्त्री बल्लभभाइ पटेल भेट्न आएकाले १५ मिनेट ढिलाइ भएको थियो । कुराकानीको विषय गम्भीर भएकाले पनि उनले भेटघाटलाई अतिरिक्त समय दिए । प्राथनाका लागि जुटेका करिब दुई सय ५० जना धैर्यधारण गरिरहेका थिए ।
भेटघाटपछि उनी नातिनी आभा र मनुको काँधमा हात राखेर प्राथनासभातर्फ लम्किरहेका थिए । सँगसँगै ढिलाइ भएकामा आफ्ना सेविका एवं नातिनीलाई झपार्दै थिए । नातिनीले भनिन्, ‘त्यति महत्वपूर्ण व्यक्तिसँग गम्भीर विषयमा छलफल चलेको थियो, कसरी तपाईंलाई प्राथनाको समय भयो भनेर अत्याउन सक्थ्यौँ र ?’ गान्धीले जवाफ फर्काए, ‘नर्सको कर्तव्य बिरामीलाई समयमै औषधि सेवन गराउनु हो, ढिलाइ भयो भने बिरामी मर्न पनि सक्छ ।’
त्यही नै उनको जीवनको अन्तिम संवाद हुन पुग्यो । उनी मञ्चतर्फ उक्लँदै उपस्थित जनको नमस्ते फर्काउँदै थिए । गान्धी तीन–चार सिँढी मात्र के चढेका थिए, नाथुराम गोड्से भीडमा हत्याको तयारीसाथ प्रतीक्षारत रहेछ । उसले केही झुकेजस्तो गरी गोजीबाट बन्दुक निकालेर गान्धीको छातीमा गोली बर्सायो । गान्धीले अन्तिम समयमा ‘हे राम, हे राम’ मात्र भनिरहे । उनको तत्काल निधन भइहाल्यो ।
देसाईका अनुसार छैटौँ पटकको प्रयासमा उनको हत्या भएको हो । आज त्यही दिन हो, ३० जनवरी । विश्वकै इतिहासमा क्रूर अनि बीभत्स दिनका रूपमा दर्ज छ । सन् १९४८ जनवरी ३० तारिखको साँझ ५ः१७ (भारतीय समय) मा गान्धीको अकल्पनीय हत्या भयो । गान्धीलाई मुस्लिम धर्मावलम्बीको पक्षपोषण गरेको आरोप लागेको थियो । उनको हत्यासँग जोडिएको सवालमा भारतमा अहिलेसम्म राजनीति हुँदै आएको छ । गान्धीको हत्याराको पक्षपोषण गर्ने शक्ति ९दल० भाजपा अहिले भारतको सत्तामा छ । हत्यारा नाथुराम गोड्से थियो भने योजनाकार वीर सावरकार ।
उनको हत्याको पहिलो प्रयास सन् १९३४ मा पुनाको एक सम्मान समारोहमा गरिएको थियो । तर गान्धी बच्न सफल रहे । दोस्रोपटक सन् १९४४ जुलाई २२ तारिखका दिन गोड्सेले नै आगाखान प्यालेसमा छुरा प्रहार गरेको थियो । तेस्रो प्रयास सन् १९४४ मै सेवाग्राम आश्रममा भएको थियो । दोस्रो प्रयास भएको केही दिनमा फेरि अर्का पात्र माधवराव सदाशिव गोलकर त्यसरी नै छुरा प्रहार गर्दा समातिएको थियो । चौथो प्रयास सन् १९४६ जुन ३० मा फेरि त्यही समूहले प्रयास गरे पनि सफल हुन सकेको थिएन । पाँचौँ प्रयास सन् १९४८ जनवरी २० तारिख थियो । दिल्लीस्थित विडला भवनको गान्धीको प्राथनासभामा सुतली बम प्रहार गरिएको थियो । उक्त घटनामा मदनलाल पहवा नामक युवकलाई पक्राउ गरिएको थियो । पहवाको साबिती बयानले गान्धीको हत्यामा उसलाई परिचालन गर्ने व्यक्ति सावरकर नै रहेको पुष्टि हुन्छ ।
३० जनवरी १९४८ मा भारतको स्वतन्त्रता आन्दोलनका नेता एमके गान्धी (महात्मा गान्धी) को नयाँ दिल्लीको बिडला हाउस (अहिले गान्धी स्मृति)को परिसरमा हत्या भएको थियो । त्यसबेलादेखि, जनवरी ३० लाई भारतमा शहीद दिवसको रूपमा मनाइन्छ । गान्धी जीवित छैनन् तर उनको छाप जनजनमा अझै छ । त्यसैले गान्धी भारतको राजनीतिमा अदृश्य शक्ति हुन् । भारतमा जब–जब निर्वाचन हुन्छ, गान्धीका बारेमा बहस हुन्छ ।
उनको हत्यारा नाथुराम विनायक गोडसे थिए, जो अति दक्षिणपन्थी हिन्दू सङ्गठन, हिन्दू महासभाका सदस्य थिए । गोडसेसँगै, हत्या र षड्यन्त्रको लागि अन्य आठ जनालाई अभियुक्त र पक्राउ गरिएको थियो । २७ मे १९४८ मा मुद्दा सुरु भयो र अदालतले एक जनाबाहेक सबै प्रतिवादीलाई आरोपित रूपमा दोषी ठहर ग¥यो । हत्याको षड्यन्त्र र विस्फोटक पदार्थ ऐनको उल्लङ्घनको लागि आठ जनालाई दोषी ठहराइयो । नाथुराम गोडसे र नारायण आप्टेलाई फाँसी दिएर मृत्युदण्डको सजाय सुनाइयो र बाँकी ६ जनालाई आजीवन कारावासको सजाय सुनाइयो । (लेखक अहिंसा र गान्धी विषयका अध्यता हुनुहुन्छ ।) रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- शिक्षक महासंघ वार्तामा नजाने
- मधेसवादी सात दलले घोषणा गरे संघीय लोकतान्त्रिक मोर्चा
- उदयपुरमा मोटरसाइलको ठक्करबाट एकको मृत्यु
- सरकारकै कारण तीनकुनेमा हिंसा भड्कियो : कमल थापा
- सर्वोच्चद्वारा कुलमानको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
- मुस्ताङमा ३ लाख ९७ हजार पर्यटक भित्रिए
- आइएफआरसीद्वारा नेपाल रेडक्रसका अध्यक्षसहित ५ जनालाई प्रतिबन्ध
- ‘मानवको सुरक्षित भविष्यका लागि साझा प्रयास आवश्यक’
- भारततर्फ सामान निर्यातको बाटो खुल्यो
- प्रधाानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता