
धनुषा। मधेश प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्तारुढ गठबन्धन उम्मेदवार आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित हुनुभएको छ ।
नेपाली कांग्रेसका ढुंगाना अन्य कोटा तर्फबाट ७ हजार ३ सय ७० मतभार ल्याएर राष्ट्रियसभा सदस्य बन्नुभएको छ । ढुंगानाले प्रदेशसभा सदस्यका ६७ र पालिका पदाधिकारीहरुको २ सय १ मत पाउनुभएको हो ।
नेकपा एमालेका बिजेता झाले २ हजार ४ सय ८४ मतभार पाउनुभएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार उहाँलाई प्रदेशसभाका २५ र पालिपाका पदाधिकारीको ६१ मत परेको छ ।
महिला कोटातर्फ सत्ता गठबन्धनका चौधरीले ७ हजार ९ सय २३ मतभार ल्याएर राष्ट्रियसभा सदस्य बन्नुभएको छ । उहाँले प्रदेशसभाका ७६ र पालिका पदाधिकारीहरुको २ सय ५ मत पाउनुभएको छ ।
एमालेकी उषा चौधरीले २हजार ४ सय ४६ मतभार प्राप्त गर्नुभएको आयोगले जानकारी गराएको छ । उहाँलाई प्रदेशसभातर्फ २५ र पालिका पदाधिकारीतर्फ ५९ मत परेको छ ।
राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५२ र स्थानीय पालिका पदाधिकारीको मतभार १९ हुने प्रावधान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा